इटहरी । समयसमयमा चर्चामा आईरहने इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीको मनोमानी र अराजक गतिविधि बढेको भन्दै नेपाली काँग्रेस इटहरी आन्दोलन थालेको छ ।

     इटहरी उपमहानगरपालिकाका प्रमुख चौधरीले इटहरी ४ का एक जना सेवाग्राहीलाई नगरपालिकामै थुनेर यातना दिने कार्य गरेको लगायतका अराजक गतिविधि बढाएको भन्दै काँग्रेसले नगरप्रमुखको क्रियाकलापको विरोध गर्दै आन्दोलन थालेको हो ।

  वुधवार नगरप्रमुख चौधरीले यम ढकाललाई प्रशासकीय अधिकृतको कोठामा थुनेर मानसिक यातना दिने काम गरेको आरोप लगाउदै नगरप्रमुख चौधरीलाई कानुनी कारवाहीको माग गर्दै उपमहानगरपालिकाकी कार्यकारी प्रमुख भोजकला दवाडीलाई ज्ञापन पत्र वुझाएको छ ।

सोही विषयलाई लिएर इटहरी काँग्रेसले नगरप्रमुख चौधरीको कार्य कक्षमा वुधवार नै तालावन्दी गरेको थियो भने आज विहान ९ बजे देखि साडे ११ वजे सम्म उपमहानगरपालिकाको गेटमा नगरप्रमुख चौधरीलाई कारवाहीको माग सहित चौधरीलाई माफी माग्न दवाव दिदै धर्ना दिएको थियो ।