मोरगं । सबैलाई प्रेम गरौैं कसैलाई घृणा नगरौं भन्ने नाराका साथ सामाजिक कार्यमा सक्रिय रहदै आएको अहमदिया संघ नेपालले मोरगंको सुनवर्षी र पथरी शनिश्चरेका सुकुम्वासी तथा विपन्न परिवारलाई राहात वितरण गरेको छ ।

      विभिन्न कारणले समस्यामा परेका मोरगंका सुनवर्षी र पथरी शनिश्चरेका सुकुम्वासी तथा विपन्न परिवार एक सय २० परिवारलाई  अहमदिया संघ नेपालले राहत सामाग्री वितरण गरेको हो ।

      अहमदिया संघले मोरगंको सुनवर्षी नगरपालिका वडा नम्बर २ संग समन्वय गरी वडा क्षेत्रमा बसोवास गर्ने ९० परिवार सुकुम्वासी तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।IMG_1159

वितरण गरिएको राहत सामाग्रीमा प्रति परिवार १०केजी चामल , १केजी दाल आधा केजी चना , १केजी नुन २सय ५० ग्राम सोयविन उपलव्ध गराइयो ।

संघका केन्द्रीय उपाध्यक्ष मोहमद स्मायलको अध्यक्षता तथा स्थानीय शिक्षक चन्द्रप्रसाद राजवंशीको प्रमुख आतिथ्यतामा भएको राहत वितरण कार्यक्रमको संयोजन स्थानीय संचारकर्मी सरस्वती खड्काले गरेका थिए ।

 सोही कार्यक्रममा संघले पथरी शनिश्चरे वडा नम्बर ५ र ६का ३० परिवारलाई समेत राहत सामाग्री वितरण गरेको संघका केन्द्रय सदस्य मोहमद हैदर अलीले जानकारी  दिए ।IMG_1213

     मानवीय सेवाका क्षेत्रमा संघले विभिन्न समयमा सक्रियता जनाउदै आएको संघका सुनसरी मोरगं इञ्चार्ज नइम अहमदले वताए । उनले  विपदका समयमा राहात सामाग्रीका साथै मानवीय उपचारमा समेत आफनो संस्थाले सहयोग गर्ने गरेको जानकारी दिए   ।

संघका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष मोहमद स्मायलले समस्यामा परेकाहरुलाई हामीले सहयोग गर्दै आएका छौं त्यसै गरी अरु संघसस्थाहरुले पनि सहयोग पुर्याउनु पर्छ जसले समस्यामा परेकाहरुलाई सहज हुने छ भने ।

 अहमदिया संघ नेपाल सुनसरी मोरगंका तर्फबाट प्रदेस नम्बर १का विभिन्न ठाउँमा विपदका समयमा राहात वितरणका साथै अन्य सामाजिक कार्यमा समेत सक्रियता जनाउदै आएको छ ।