इटहरी । अर्थतन्त्रको तीन खम्बा मध्ये एक खम्बा मानिने सहकारी संस्थाहरु एकिकरण मर्ज हुने क्रम प्रदेस नम्बर १मा बढेको छ । सहकारी संस्था सञ्चालनका लागि वनाइएका ऐन नियम पालना नगरि सञ्चालन भई रहेका सहकारीहरुको अनुगमन तथा निगरानी वढाउन थालिएपछि प्रदेस नम्बर १मा मर्ज हुने क्रम वढेको हो ।

  सहकारी संस्था सञ्चालनको भावना विपरित एक व्यक्ति एकै स्थानिय तहको  धेरै सहकारीहरुको शेयर सदस्य भएको एकै व्यक्ति दुई भन्दा वढी सहकारीको महत्वपुर्ण जिम्मेवारी रहेको सहकारीहरुलाई मर्जर प्रकृयामा ल्याउन थालिएको जनाइएको छ । एकै स्थानिय तहमा धेरै सहकारीहरु सक्रिय रहेका तथा सोही ठाउँमा एक व्यक्ति दुई भन्दा वढी सहकारीको जिम्मेवारीमा रहदा आर्थिक अपलन हुने तथा वचतकर्ताको वचत जोखिममा पर्ने तर्फ मध्यनजर गर्दै सहकारीहरुको सुधारका लागि मर्जर प्रकृया सुरु गरेको प्रदेस सहकारी रजिष्टार कार्यालय इटहरीका प्रमुख बलराम निरौलाले जानकारी दिए ।

  प्रदेश नम्बर १ मा ४हजार ७ सय ३७ वटा सहकारी सस्थांहरु रहेको र  जसममध्ये १ सय ३३ वटा सहकारीहरुलाइ मर्जर प्रत्रियामा लगेर ३३ वटामा झारेको समेत जनाइएको छ ।