मोरङ । मोरङको उर्लाबारी नगरपालिकाले महिला र पुरुष श्रमिकलाई सम्मान गरेको छ । नगरपालिकाले श्रमिकहरु (सिटी सफारी चालक र रिक्सा चालक) लाई उच्च सम्मान गर्दै उनिहरुले गर्दै आएको पेशालाई अझै मर्यादित र उत्प्रेरित गर्ने हेतुका साथ सम्मान कार्यलाई अगाडी बढाएको हो ।
सोमबार नगरपालिका परिषरमा भएको सम्मान कार्यक्रममा विगत लामो समय देखी शरिरिक श्रम गर्दै आएका ८ महिला र ३ पुरुष श्रमिकहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुने महिलाहरुमा सिटी सफारी चलाई आर्थीक आम्दानीको स्रोत बनाउदै आएका श्रीमाया लिम्वू, पातली बनेम, तुलसा पाण्डे, रुपा भण्डारी, जमुना माझी, पवी विष्ट, अनिशा खत्रि र विमला राजवशी रहेका छन् ।
यस्तै सम्मानित हुने पुरुषहरुमा आइत बहादुर धिमाल, खुलाल धिमाल र काफ्ले धिमाल रहेका छन् ।
सम्मानित सवैलाई नगरपालिकाले सम्मान पत्र सहित जनही ७ हजार ५ सय र रिक्सा चालकलाई ८ हजार ३ नगद उपलब्ध गराएको छ ।
श्रमिक सम्मान कार्यक्रममा बोल्दै उर्लाबारी नगरपालिका मेयर खड्ग बहादुर फागोले श्रमिक वर्ग नै समृद्ध उर्लाबारी निर्माणको मेरुदण्ड भएको बताउदै सुरक्षित भएर आफ्नो पेशामा लाग्न अनुरोध गर्नु भएको छ ।
साथै मेयर फागोले उर्लाबारी नगरपालिका श्रमिकको हक हित र पेशागत सुरक्षाको पक्षमा सदैव रहेको समेत बताउनु भयो ।



















