मोरङ ।


मोरङको उर्लाबारी नगरपालिकाले कृषकहरुलाई कृषि उपकरण वितरण गरेको छ ।

नगरपालिकाले कृषकहरुलाई तरकारी खेतिमा प्रयोग गरिने टनेल, रोल एग्रोनेट, मकै छोडाउन प्रयोग गरिने मेसिनको आज नगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरी बितरण गरेको हो ।

कृषि पेशालाई प्रमुख आम्दानीको स्रोत बनाउदै व्यावसायिक रुपमा कृषि पेसामा आबद्ध भएका पालिकका वडा नम्वर १ देखी ९ नम्वर वडा सम्मका ४५ कृषक समुह, ११ कृषि फर्म र ३ वटा कृषि सहकारी सस्थालाई कृषि उपकरण वितरण गरिएको हो ।

कृषि सामाग्री उपकरण वितरण कार्यक्रममा बोल्दै उर्लाबारी नगरपालिकाका प्मुख खड्ग फागोले फागोले कृषकहरुको मेहनत र परिश्रमलाई सम्मान गर्दै कृषि उत्पादनलाई बृद्धि गर्ने सिचाई, मलखाद, किटनाशक औषधि, आधुनिक खेति प्रणालीका बारेमा जानकारी दिदै  आधुनिक प्रविधीलाई क्रमश नगरमा भित्राउदै लैजाने लक्ष्यका साथ नगरपालिका अगाडी बढेको बताउनु भयो ।