धनकुटा । धनकुटा नगरपालिका वडा नम्वर १ स्थित हिलेमा नेपाली सेनाको पुर्वी कमाण्ड हेडक्वाटरको स्थापनम गरिएको छ ।
धनकुटा जिल्लाबाट निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राईको चट्टानी अडान र एेतिहासिक पहल कदमीमा नेपाल राष्ट्रको शान, नेपाली सेनाको पूर्वी कमाण्ड हेडक्वाटर श्री नं।२ बाहिनी अड्डा रहेको स्थान हिलेमा स्थापना भएको जनाईएको छ ।
हिलेमा रहेको बाहिनी अड्डा सुनसरीको इटहरी, स्थित पूर्वी प्रितना हेडक्वाटर रहेको स्थानमा स्थान्तरण भएको छ ।
स्थानान्तरका लागि बन्दोबस्तीको सामान लिएर धरान तर्फ जाँदै गर्दा मुलघाट नजिक दुर्घटना समेत भएको थियो । प्रितना हेडक्वाटर स्वत पूर्वी कमाण्ड हेडक्वाटरमा रूपान्तरण भएको छ ।
यसको कमाण्ड नेपाली सेनाका तीन तारे जर्नेल,रथी,ले गर्नुहुनेछ ।
यस पूर्वी कमाण्ड हेडक्वाटरले प्रदेश नं। १ र २ का सबै जिल्ला र प्रदेश नं। ३ को उपत्यकाका ९ काठमाण्डौ, ललितपुर र भक्तपुर बाहेक सबै जिल्लाहरूको कमाण्ड गरेर बाह्य तथा आन्तरिक सुरक्षाको जिम्मा लिनेछ ।
यसरी खडा भएको पूर्वी कमाण्ड हेडक्वाटर परिसर भित्र गण, गुल्म र विभिन्न प्रकार सैन्य क्याम्पहरू खडा गरी २५ सय फौजको नफ्री रहनेछ ।
नेपाल सरकार मन्त्रिपरिषद् बाट राष्ट्रको शिर उच्च राख्न र आम धनकुटेली जनताको भावनालाई सम्मान गर्ने एेतिहासिक निर्णय गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्माननीय प्रधानमंत्री के।पी।शर्मा ओली, निवर्तमान रक्षामन्त्री इश्वर पोखरेल, निवर्तमान माननीय धनकुटेली जनताको सेवक राजेन्द्र कुमार राई तथा नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई धनकुटेली जनताले उच्च सम्मान गरेका छन् ।




















