पथरी । मोरङको कानेपोखरी गाउँपालिकाको ले आर्थिक वर्ष २०७८/७९ को बजेटमा सीसीटीभि जडान र निशुल्क इन्टरनेको सेवा विस्तार गर्ने भएको छ । 

पालिकाले आर्थिक बर्षको लागि ७६ करोड ९६ लाख ३० हजार ३४१ रुपैयाँको बजेट मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । 

बजेटको ढाचा अनुसार चालु, पुँजिगत, सामाजिक सुरक्षा, आर्थिक विकास, सामाजिक विकास हुने नै भए । कानेपोखरीको सुरक्षा व्यवस्थालाई ख्याल गर्दै कानेपोखरी, रमाइलो, बयरवन, देलीली बजारसम्मलाई निगरानी राख्न सडकमा सीसीटीभी जडानको लागि २४ लाख बजेट बिनियोजन भएको छ । 

यो सडक रंगेलीहुँदै भारतसँग जोडिएको हुनाले पूर्वी तराइकै सुरक्षासँग जोडिएको बिषय हो । त्यसैगरी सञ्चारमा पहुँच पुर्‍याउने उदेश्यले पालिकाको बिभिन्न चोकमा निशुल्क इन्टरनेट जडान गर्न ३२ लाख ६५ हजार रकम बिनियोजन भएको पत्रकार सम्मेलनमा वितरित बजेटमा उल्लेख छ ।

पालिकामा अघिल्लो आर्थिक बर्षदेखि नै केही वडामा सुगर, प्रेसर लगायतको दीर्घरोगी विरामीको लागि निसुल्क औषधि वितरण गर्दै आएका छन् । पत्रकार सम्मेलनमा पालिकाको प्रवक्तासमेत रहेका वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीले प्रस्तुत गरेका थिए । 

गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेठ लगायतको उपस्थितिमा रहेका थिए । 

गाउँपालिकाले जनसंख्याको आधारमा ७ वटा वडामा वडागत सिलिङ बजेट छुट्याएको छ ।  वडा नंं. १ लाई ५८ लाख, वडा नं. २ लाई ७२ लाख, वडा नं. ३ लाई ६० लाख, वडा नं. ४ लाई ६० लाख, वडा नं. ५ लाई ७५ लाख, वडा नं. ६ लाई ७० लाख र वडा नं. ७ लाई ५५ लाख वडास्तरीय वजेट रहेको छ । 

बजेट संघीय वित्तीय समानीकरण ५६ लाख, संघीय सशर्त अनुदान, संघीय राजश्व बाँडफाँट, संघीय समपूरक अनुदान, प्रदेश वित्तीय समानीकरण, प्रदेश सशर्त अनुदान, प्रदेश सवारी बाँडफँड, प्रशेश समपूरक, प्रदेश विशेष अनुदान, जिल्ला समन्वय समिति अनुदान, आन्तरिक आम्दानी र सामाजिक सुरक्षा भत्ता सो बराबरको रकम सार्वजनिक गरेको हो । 

कृषी, स्वास्थ्य, शिक्षा, रोजगार, उद्योग, उर्जा, पर्यटन, ब्यापार र पुर्वाधारलाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम सार्वजनीक गरिएको गाउँपालिकाका प्रवक्ता सुशिल बुढाथोकीले बताए ।  

यस पटक जनता आवास कार्यक्रम एकीकृत नमूना बस्ती निर्माण, तरकारी बजार, मुख्यमन्त्री ग्रामिण सडक, कालोपत्रे, सिंचाई, चिसाङ र डाँस खोला तटबन्धन, नयाँ तथा अधुरो भवन निर्माण, कल्भर्ट, पुल निर्माण, खेलकुद, कालिकोशी र भलुवा सिमसार लगाएतको काम प्राथमिकतामा रहेको छ । 

कानेपोखरीमा खुल्ला व्ययामशाला निर्माण, उत्कृष्ट किसान, पशुपालक, मत्स्यपालक, मौरीपालक शिक्षक र विद्यार्थीलाई पुरस्कार तथा सम्मानको व्यवस्था गरेको छ । सामुदायिक विद्यार्थीले हप्तामा दुई पटक लगाउने गरी ट्रयाकसुटको व्यवस्था गरेको छ । 

कानेपोखरी चोकमा स्वागतद्धार निर्माण र पालिका क्षेत्रको कृर्षकहरुको समस्या हल गर्न अन्न भण्डारणका लागि भण्डारण गृह निर्माण यसै बर्ष गरिने गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । त्यसैगरी गाउँपालिकाले जनता आवास कार्यक्रम प्रतिघर न्यूनतम १ लाख ५० उपलब्ध गराउने भएको छ । 

पत्रकार सम्मेलनमा भूमि सम्बन्धी समास्या समधान आयोग लगत संकलन इकाई कानेपोखरी संयोजक गोविन्द फुयल, वडाध्यक्षहरु चरण गुरुङ, खड्ग बस्नेत, मोहन अधिकारी, कार्यपालिका सदस्य पद्यमा गुरुङ कार्की लगायत उपस्थित थिए ।