बेल्टार/ प्रदेश नम्बर १ को उदयपुर जिल्ला स्थित चौदन्डिगडि नगरपालिकामा आज एक कार्यक्रमका विच स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
हाल बिस्वभर फैलिरहेको कोरोन भाइरस कोभिड–१९ को दोश्रो लहरको बिषम परिस्थितिले मानिसको दैनिक जनजिबनलाई असर गरि दैनिक रुपमा संक्रमित भैरहेको साथै मृत्यु दरमा समेत बढिरहेको अबस्थामा यस महुली लघुवित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय बेल्टारले अग्र स्थानमा रही शान्ति सुरक्षा प्रदान गर्ने इलाका प्रहरी कार्यालय बेल्टार , कोभिड हस्पिटल तथा स्थानिय मिडिया लाई स्वास्थ्य सामग्री मास्क ,ग्लोब्स तथा स्यानिटाइजर हस्तान्तरण गरिएको यसं स्थाका शाखा प्रमुख ताक बहादुर राईले जानकारी दिए । शाखा प्रमुख राईका अनुसार हाल विश्वलाईनै तहस नहस गरीरहेको र नेपालमा समेत हजारौंको संख्यामा ज्यान लिई सकेको हुदा हाम्रो पहिलो दाहित्व भनेको कसरी नेपालि जनतालाई जोगाउने नै भएको हुनाले यश किशिमको सहयोग गरिएको बताए । राईले त्यसैमा थपे यदि कोहि महुलि लघुवित्तको सदस्य हुनुहुन्छ र यदि उहाँ हरुमा समेत कोभिड –१९ को असर देखिएमा हामिलाई जानकारी गराउनुहुन समेत आग्रह गरेका छन् ।
सोही अवसरमा कोभिड–१९ अस्पताल बेलटारका ईन्चार्ज राकेश कर्ण ले निजि क्षेत्रले समेत यसरी स्वास्थ्य सामाग्री उपलब्ध गराउनु र स्थानियको घाउमा केही भएपनि मलम लगाउनुले महुलि लघुवित्त एक नाफा मुखि संस्था नभई सेवा मुखि संस्था रहेको प्रस्ट पारेको बताए उनले यश किसिमको पुन आवश्यकता पर्न सक्ने मनसाय समेत राखेका थिए ।
इलाका प्रहरी कार्यालय प्रमुख छे फेन्जो भोटेले समेत महुलि लघुवित्तको तारीफ गरेका छन् ।






















