एसजी ग्रुपले चिनबाट अक्सिजन सिलिण्डर ल्याएर विक्री वितरण सुरु

  • जेठ १९, २०७८
  • सप्तकोसी अनलाइन
alt

इटहरी । कोरोना संक्रमितहरुको उपचारका लागि अक्सिजन अभाव नहोस भनेर एसजी गु्रपले चिनबाट अक्सिजन सिलिण्डर ल्याएर विक्री वितरण सुरु गरेको छ ।  संक्रमितहरुको उपचारका लागि अत्यावश्यक रहेको अक्सिजन सहज रुपमा नपाउदा संक्रमितहरुले ज्यान गुमाइरहेको तर्फ मध्यनजर गर्दै एसजी ग्रुपले छिमेकी मुलुक चिनबाट अक्सिजन सिलिण्डर ल्याएर विक्री वितरण सुरु गरेको हो ।  

      एसजी गु्रपले अक्सिजनको अभावमा संक्रमितहरुले ज्यान गुमाउनु परिरहेको तथा संक्रमितका आफन्तहरुको छटपटाइ रहेको समयमा चिनबाट अक्सिजन सिलिण्डर, अक्सिजन मास्क , अक्सिजन ब्याग लगायतका स्वास्थ्य सामाग्रीहरु ल्याएर सुलभ मुल्यमा विक्री गर्ने जनाए अनुसार ७हजार थान अक्सिजन सिलिण्डर ल्याएर विक्री वितरण सुरु गरेको जनाएको छ । एसजी गु्रप अन्र्तगत रहेको एभरेष्ट ग्याँसले चिनबाट ७ हजार थान अक्सिजन सिलिण्डर ल्याएर विक्री वितरण गर्न थालेको गु्रपका अध्यक्ष शिवप्रसाद घिमीरेले वताए । उनले अक्सिजन अभावमा संक्रमितहरुको उपचारमा कठिनाई भैरहेको तर्फ मध्यनजर गर्दै अक्सिजन अभाव हुन नदिने उद्धेश्यले आफुहरुले ल्याएर विक्री वितरण थालेको वताउदै  अध्यक्ष घिमीरेले अस्पताल , आइसोलेसन तथा सरोकारवाला पक्षलाई लागत मुल्यमै व्यवसाय भन्दा पनि सेवा भावले विक्री गरिदै आएको जानकारी दिए  । 

     कोरोना संक्रमितहरुको उपचारका लागि आवश्यक पर्ने अक्सिजन अभाव रहेको कारण अस्पतालहरुले भर्ना लिन नमानेको तथा विरामीहरुका आफन्तहरु छटपटी रहेको तर्फ मध्यनजर गर्दै अक्सिजन लगायतका स्वास्थ्य सामाग्रहरु ल्याएर एसजी ग्रुपले वताउदै आएको थियो  । 193124242_432816371767990_1062545289420511104_n

 

 

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल