धनकुटा ।  साँगुरीगढी गाउँपालिका स्थित आहालेका कोभिड संक्रमितहरूका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

  जिल्लाको सदरमुकाम देखि करिब ७५ किलोमिटर टाढा दुर्गम स्थानमा रहेका संक्रमितहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै औषधि सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको साँगुरीगढी गाउँपालिकाले जनाएको छ । 

नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखा, प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल र आहाले सेवा समाज धरानको संयुक्त आयोजनामा साँगुरीगढी गाउँपालिका वडा नम्वर ९ आहाले, भज्याङ र हर्दियामा रहेका कोभिड संक्रमित ३० जनालाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

 स्वास्थ्य सामाग्री पाउनेहरूमा २८ जना राई, २ जना दलित रहेको र उनिहरूका घरमा नै पुगेर मास्क, सेनिटाईजर, साबुन र सिटामोल ट्याबलेट लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी धनकुटा जिल्ला शाखाका सभापति हरि कुमार राईले जानकारी दिनुभयो । 187032410_216616630086032_2968504533956364496_n

 विभिन्न संघसंस्थाहरूबाट संक्रमितहरूकालागि भन्दै घरैमा सामाग्रि हस्तान्तरण गरेकोले संक्रमितहरूको मनोवल बढेको संक्रमित हरूले बताएका छन् । 

 उक्त टोलिले  संक्रमित नदेखिएका प्रत्येक घरहरुमा  मास्क समेत बितरण गर्दै सचेत रहन सुझाब दिएको छ ।

 १३ जना संक्रमितहरूका लागि १३ पोका औषधि सेटसहितको स्वास्थ्य सामाग्री साँगुरीगढी गाउँपालिकाले उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष विन्द्र राईले जानकारी दिनुभयो ।190398772_4771829499552601_9045078991991487150_n

आहाले स्वास्थ्य चौकीमा पिपिइ,एन९५ मास्क र सर्जिकल मास्क , सेनिटाइजर ५ लीटर,  हात धुने साबुन प्रदान गरिएको हो ।

उक्त टोलिमा नेपाल रेडक्रस सोसाईटी धनकुटा जिल्ला शाखा सभापति, हरिकुमार राई, आहाले सेवा समाज धरानका अध्यक्ष देवमान राई, वरिष्ठ सदस्य नैन राई, प्ररायुसं साँगुरीगढीका अध्यक्ष सुरेश राई, सदस्य प्रकाश राई र समाजसेवी टेकबहादुर राई लगायत रहनु भएको थियो ।

यस वडाको उच्च जोखिम रहेको सबै घर परिवारमा करिव ६ हजार मास्क वितरण गरिने जिल्ला शाखा सभापति राईले बताउनु भयो ।