धनकुटा । धनकुटा नगरपालिका प्रमुख संक्रमितहरूको घर घरमै गएर स्वास्थ्य अवस्थाबारे जानकारी चिन्तन तामाङ्गको नेतृत्वमा वडा अध्यक्ष, सदस्य, स्वास्थ शाखा प्रमुख तथा सुरक्षा कर्मिहरूले होम आईसुलेसनमा रहेका कोरोना संक्रमितहरूको घर घरमै गएर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

धनकुटा नगरपालिका वडा नं ७,६,३ र १ मा होम आईसोलेसनमा रहेका ५० जना भन्दा बढि  कोभिड १९ बाट संक्रमित बिमारीहरूको स्वास्थ अबस्थाबारे जानकारी  लिएको धनकुटा नगरपालिका धनकुटाले जानकारी दिएको छ । 

उक्त वडाका विरामिहरूकोे स्वास्थ्य अबस्था सामान्य र सुधार उन्मुख रहेको धनकुटा नगरपालिका धनकुटाका प्रमुख चिन्तन तामाङ्गले बताउनु भयो ।191600390_286913213115484_1094839974501677499_n

 कोभिड १९ लाई डराएर हैन आत्मबल बढाएर ,स्वास्थ्यका मापदण्ड अपनाएर र उपयुक्त  खानपान, ब्यायाम र स्वास्थ्य सल्लाहाले नै परास्त पार्न सकिने प्रमुख तामाङ्गको भनाई छ । 

नगर प्रमुख तामाङ्ग सहितको टोली विरामिहरूको घरघरमै पुग्दा विरामि आफुलाई आत्मबल बढेको र उर्जा मिलेको बताउछन् ।

हालसम्म कोभिड १९ लाई जित्न सफल १३० जना व्यक्तिहरू रहेका छन् भने बाँकि सक्रिय संक्रिय संक्रमित रहेको स्वास्थ्य शाखा धनकुटाले जनाएको छ ।