इटहरी । निशेधाज्ञा जारी रहेको समयमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुलाई हातमुख जोड्न समस्या नहोस भनेर नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुगंले सञ्चालन गरेको खाद्यान्न वितरण अभियानमा धरानका अवि लिम्वुले समेत सहयोग पुर्याएका छन । 

  कोरोनाको दोस्रो लहर फैलन थालेसंगै स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेपछि भोकले जिल्लाबासी कोही मर्नु नपरोस भनेर गुरुगंले सञ्चालन गरेको खाद्यान्न वितरण अभियानका लागि अहिले चामल , दाल र तेल सहयोग गरेका हुन ।

  अविले गुरगंले सञ्चालन गरेको भोक विरुद्धको अभियानमा २सय ५० केजी चामल , ५० केजी दाल र एक काटुन तेल सहयोग गरेको सभापति गुरुगंले जानकारी दिए । snapshot-103 1 जुनसुकै किसिमको विपदको समयमा जिल्लावासीलाई राहत सामाग्री वितरण गर्दै आएका गुरुगंले सामाजिक सञ्जालबाट निशेधाज्ञाका कारण काममा जान नसकेर खाना खान समस्या हुनेहरुलाई आफनै घरमा आएर खानेकुराहरु लैजान तथा घर सम्म नआउनेहरुलाई फोन गर्न र फोन गरेकाहरुलाई घरमै खानेकुराहरु पुर्याउने अभियान सञ्चालन गर्दै आएका छन । 

 गुरुगंले रोगसंगै भोकले कोही पनि जिल्लावासी मर्नु पर्ने अवस्था नआओस भनेर अभियान सञ्चालनमा ल्याएपनि राहत वितरणमा एकद्धार प्रणाली लागु गरेपनि गुरुगंले आफनो घरमा आउने विपन्न गरिवहरुलाई चामल, दाल , नुन , तेल ,तरकारी लगायतका खाद्यान्न वितरण गर्दै आएका छन ।

  खाद्यान्न वितरण अभियानका साथै गुरुगंले स्वास्थ्य सुरक्षा सामाग्री वितरण अभियानलाई समेत निरन्तरता दिदै आएको वताए छन । 

 गत वर्ष पनि कोरोनाको पहिलो लहर फैलिएको समयमा पनि गुरुगंले खाद्यान्न , स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेका थिए भने अग्नी पिडित ,वाढी पिडितहरुलाई राहत सामाग्री वितरण गर्ने गरेका छन भने जाडोको समयमा विपन्न वर्गका मानिसहरुलाई जहाँ भेट्यो त्यही न्यानो कपडा लगाइ दिने अभियान समेत सञ्चालन गरेर उदाहरणीय काम गर्ने गरेका छन ।