धनकुटा । पछिल्लो समयमा टमाटर खेतीका लागि ख्याती कमाएको धनकुटाका किसानहरुले लगाएको ठुलो परिमाणको टमाटर बाली हाबाहुरीले नोक्सान गरि दिएको छ ।
शुक्रबार आएको हावाहुरीले किसानका टमाटरको टनेल सहित बालीमा क्षति पुर्याइ दिएको हो ।
किसानलाई माथि उठाउन युएनडिपि, धनकुटा नगरपालिकाको आर्थिक लगानीमा निर्माण र पर्डेप नेपाल धनकुटा मार्फत सञ्चालीत एकलाख नौसय लागतमा निर्माण गरेको हाईटेक भेजिटेवल फार्मिङ्गमा शुक्रबार दिउसो आएको हावा हुरीले क्षति हुँदा फलिरहेको टनेलमा गरिएको टमाटर खेतीमा करिब दुईलाख बडीको क्षति पुगेको छ ।
कोभिड १९ रेस्पोन्स एण्ड सोसिईकोनमि रिकभरी प्रोजेक्ट नांमक युएनडिपि र धनकुटा नगरपालिका मार्फत निर्माण गरिएको पर्डेप नेपाल धनकुटा मार्फत सञ्चालित फार्मिङ्गमा गरिएको खेतीमा भएको क्षतिका विषयमा सम्बन्धित निकायमा जानकारी गराउने र क्षतिपुर्तिका लागि प्रयास गर्ने पर्डेप नेपाल धनकुटाका कृषि अधिकृत सुर्य प्रसाद सापकोटाको करिब तीन महिला अघि हाईटेक भेजिटेवल फार्मिङ्ग निर्माण गरि सिर्जना जातको टमाटरको अर्गानिक खेती शुरु गरिएको थियो ।
२०७१ सालमा करुण एकिकृत कृषि फार्म दर्ता गरि कृषि ब्यावसाय शुरु गरेका कुल बहादुर कार्की यतिबेला भने विचल्लित हुन पुगेका छन् ।
उक्त अर्गानिक खेतीबाट एक मौसममा करिब एक लाख ५० हजार बढिको उत्पादन लिन सकिने धनकुटा नगरपालिका वडा नम्वर ३ कागतेका किसान कार्की बताउनु हुन्छ ।
पाएको अनुदानलाई सदुपयोग गर्दै अर्गानिक टमाटर उत्पादनबाट केहि दिनमै लाखौ रुपैयाँको आम्दानी लिने आशमा आफ्नो श्रम र खेताला समेत लगाएर गरिएको तरकारी खेतीमा आफु सफल हुदा हुदै पनि हावा हुरीका कारण अकस्मात टनेल लड्दा एकबोटमा करिब पाँच किलो देखि १० किलोका दरले फलेका टमाटरमा क्षति पुगेकाले सम्बन्धित निकायले क्षतिपुर्तिको व्यावस्था गरेमा पुनः खेती गर्ने अभिलाषा रहेको भन्दै पुनः सहयोगको आशमा रहेका छन् ।
अर्गानिक खेतीकालागि निर्माण गरिएको टनेल हावाले लडाउदा टनेल भित्र रहेका फलिरहेका सबै टमाटरका बोटहरु लडेका छन् भने वरिपरि लगाइएको किटनासक जाली समेत च्यातिएको छ । यस्तो क्षतिलाई मध्यनजर गर्दै बालि विमा, क्षति पुर्तिको व्यावस्थालगायतका काममा स्थानीय सरकारलगायतका सरोकारवाला निकाय लाग्न सकेमा किसानको श्रम खेर जाने थिएन ।
किसानलाई आर्थिक उपार्जनमा जोडर अर्गानिक खेतीबाट स्वच्छ उत्पादन गर्दै जिल्लाबासिहरुलाई अर्गानिक उत्पादन दिने उद्धेश्यले शुरु गरिएको टनेल खेतीमा भएको क्षतिलाई मध्यनजर गर्दै सरोकारवालाहरुले किसानलाई क्षतिपुर्तिको व्यावस्था गरेमा किसानको मेहनेत खेर नजाने देखिन्छ ।




















