मोरगं । महिला सशक्तिकरणमा जोड दिदै मोरगंको सुन्दरहरैचा वडा नम्बर ५ मा सञ्चालित पाँच दिने तालिम सम्पन्न सुन्दरहरैचा वडा नम्बर ५ मा सञ्चालित पाँच दिने तालिम सम्पन्न भएको छ ।       

सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५को समन्वय तथा  गुडलक एजुकेशन एण्ड टेनिगं सेन्टर इटहरीको आयोजना पाँच दिने उद्घोषण तालिम सम्पन्न भएको हो  ।

    गुडलक एजुकेशनका निर्देशक बसन्त रेग्मीको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामागंको प्रमुख आतिथ्यता र  वडा नम्बर ५का वडाध्यक्ष रामप्रसाद रिजालको विशेष  आतिथ्यतामा  तालिम सम्पन्न गरियो । वडा क्षेत्रका ३० जना महिलाहरुको सहभागिता रहेको तालिममा सिमा बस्नेत , लिलाराज भट्टराई, नरेन्द्र बस्नेत र रेवतीरमण निरौलाले सहजिकरण गरेका थिए ।178873637_3197022240334228_3672143886506967735_n

तालिमले महिलाहरुलाई आफना कुराहरु समुह तथा सभाहरुमा समेत निर्धक्क साथ वोल्न सक्ने वनाएको भन्दै कार्यक्रमकी प्रमुख अतिथी तामागंको प्रशंषा गरेकी थिइन । तालिममा सहभागी महिलाहरुले समेत तालिममा सहभागी भएपछि समुहमा बोल्न नसक्ने आफुहरु निर्धक्क साथ कार्यक्रम सञ्चालन गर्न सक्ने भएको वताए ।

तालिम सुरुवात कार्यक्रममा बोल्न लगाउँदा बोल्न नसक्नेहरुले समेत समापन कार्यक्रममा ढुक्क भएर बोलेको आयोजक गुडलकका प्रवन्ध निर्देशक रेवती निरौलाले जानकारी दिए ।   178478605_495767435201686_7739050236396236957_n

वडाले महिलाहरुका लागि विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको वडाध्यक्ष रिजालले सो अवसरमा वताए  । तालिममा उत्कृष्ट हुने दुई सहभागी नविना चौधरी र समिक्षा राईलाई नगद सहित पुरस्कृत गरिएको थियो । 

तालिम कार्यक्रममा  वडा सदस्यहरु संगिता सोपकोटा , सिता नेपाली, गणेश चौधरी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।