इटहरी । कोरोना भाईरसको संक्रमण फैलन सक्ने तर्फ मध्यनजर गर्दै  मानव स्वास्थ्य सुरक्षाका लागि १ नम्बर प्रदेस ट्राफिक प्रहरी कार्यालय इटहरीले आफनो मातहतका युनिटहरुमा मार्फत मास्क वितरण सहित सचेतना अभियान सुरु गरेको छ ।

   प्रदेस ट्राफिक प्रहरी कार्यालय इटहरीले आफु मातहतका ९२ पोष्टहरु मार्फत सडक प्रयोगकर्ता पैदल यात्री तथा सवारी साधनमा सवारी मानिसहरुलाई स्वास्थ्य सुरक्षाका विषयमा जानकारी गराउनुका साथै मास्क वितरण गर्ने कार्य गरेको हो ।IMG_9972IMG_9949   कोरोनाको दोस्रो लहरको प्रभाव नेपालमा समेत देखा परिसकेको अवस्थामा प्रदेस ट्राफिक प्रहरी कार्यालय इटहरीले मानव स्वास्थ्यलाई ध्यानमा राखि स्वास्थ्य सुरक्षाका लागि मास्क वितरण र स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने विषयमा सडक प्रयोगकर्ताहरुलाई सहजिकरण समेत गर्न थालेको छ ।IMG_9936

  यसै क्रममा ट्राफिक प्रहरी पोष्ट दुहवीले समेत दुहबी चोकमा पैदल यात्री तथा सवारी प्रयोगकर्ताहरुलाई मास्क वितरणका साथै कोरोनाबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना अभिवृद्धि गर्ने कार्य गरेको पोष्टका प्रमुख ट्राफिक प्रहरी सहायक निरिक्षक रत्न बहादुर दनुवारले जानकारी दिए ।

  दुहवी क्षेत्रमा ट्राफिकले सडकमा पैदल यात्री, साईकल यात्री , मोटरसाईकल तथा साना ठुला सवारी प्रयोगकर्ताहरुलाई समेत सेनिटाइजर लगाउदै .  मास्क वितरण  गर्दै   कोरोनाबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा माइकिगं समेत गराउदै आएको छ ।