इनरुवा । कोरोना भाईरसको दोस्रो लहरको प्रभाव नेपालमा समेत देखा परिसकेको र इनरुवा नगरपालिका क्षेत्रमा समेत संक्रमण देखा पर्नुका साथै एक जनाको मृत्यु भईसकेको तर्फ मध्यनजर गर्दै नगरपालिकाले उच्च सर्तकता अपनाउन नगरवासीलाई आग्रह गरेको छ ।

  कोरोना भाईसरको जोखिमलाई मध्यनजर गर्दै इनरुवा नगरपालिकाले नगरवासीहरुलाई स्वास्थ्इ सुरक्षाको मापदण्ढ पालना गर्न आग्रह गरेको हो ।

  नगरप्रमुख राजन मेहताले पत्रकार सम्मेलन गरी कोरोनाको दोस्रो लहर अमेरिका ,बेलायत , युरोपका मुलुकहरुमा देखिएर हाल छिमेकी मुलुक भारत लगायत दक्षिण एसियाका मुलुकहरुमा समेत प्रभाव बढाएको साथै विगत केही दिन यता देखि इनरुवा नगरबासीहरु समेत कोरोनाको संक्रमण देखिन थालेको वताए ।

 उनले सक्रमण बढ्ने क्रमसंगै एक जना युवा व्यापारीको मृत्यु समेत भई सकेको कारण पनि नगरवासीहरुलाई नेपाल सरकार र स्थानीय सरकारले जारी गरेको स्वास्थ्इ सुरक्षाको मापदण्डहरु र निर्णयहरु पुर्ण रुपमा पालना गर्न आग्रह गरे । उनले कोरोनाको संक्रमण नगरक्षेत्रमा अझै बढेमा पुनः लडकडाउन समेत गर्न सकिने जानकारी दिए ।

 इनरुवा नगरपालिकाले पहिलो चरणमा गत वर्ष कोरोना कहरका समयमा नगरक्षेत्रमा स्वास्थ्य सुरक्षाका लागि क्वारेइटाइन , आइसोलेसन , विपन्न परिवारलाई खाद्यन्न राहत , सेनिटाइजर ,मास्क वितरण ,हेल्थ डेक्स स्थापना लगायतका कामहरु प्रभावकारी रुपमा गरेको थियो ।