कोकिला भण्डारी
धनकुटा । आर्थिक बर्ष २०७७÷७८ को तेस्रो त्रैमासिकमा एकसय करोड रुपैयाँ भन्दा माथि प्रथम विमा शुल्क संकलन गरेको भन्दै आई एम ई लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड धनकुटा शाखाले आफ्नो एकसय करोड बिमा शुल्क आर्जनकाे अवसर मनाएको छ ।
आई एम ई लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड धनकुटा शाखाका शाखा प्रमुख विकास श्रेष्ठले शाखा कार्यालय मै केक काटेर उक्त अवसर मनाउनु भएको हो ।
उहाँले सोहि अवसर पारेर शाखाको गतिविधिका बारेमा जानकारी गराउदै चैत्र महिनाको योजना पुरा गर्न सफल तीनजना आफ्ना अभिकर्ताहरुलाई आगामी दिनमा अझ सक्रिय भएर अगाडि बढ्न हौसला मिलोस भन्ने उद्येश्यले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा आई एम ई लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेडका एजेन्सि मेनेजर, अभिकर्तालगायतको उपस्थिति रहेको थियो ।




















