कोकिला भण्डारी
धनकुटा । पाख्रिबास नगरपालिकाको आयोजनामा एवं बालपञ्च माध्यमिक विध्यालयको व्यावस्थापनमा पाख्रिबास नगरपालिका वडा नम्वर २ स्थित बालपञ्च माध्यमिक विध्यालयमा पठनसिप प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा साविक सान्ने गाविसका ६ वटा विध्यालयले सहभागिता जनाउने भनिएको भएता पनि विविध कारणवस ५ वटा विध्यालयका कक्षा १ देखि ३ कक्षासम्म अध्ययनरत १० जना बालबालिकाहरूको सहभागिता रहेको थियो ।
बालबालिकाहरूलाई पठाईमा लगनसिल र बनाउदै व्याकरण, व्यान्जन, आश्चर्यबोधक, पुर्णविराम लगायतको ज्ञानहोस भन्ने उद्श्यले बालबालिकाहरूका लागि पठनसिप प्रतियोगिता सम्पन्न गरेको हो ।
विध्यालय व्यावस्थापन समितिका अध्यक्ष एवं वडा नम्वर २ का अध्यक्ष तोर्णबहादुर खपाङ्गिको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको वालपञ्च माध्यमिक विध्यालयका प्रधानाध्यापक भरतमोहन अधिकारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा अन्नपुर्ण माध्यमिक विध्यालयका कक्षा ३ का खुसि पाण्डे पहिलो हुनु भएको छ भने बालपञ्च माध्यमिक विध्यालयका भुपेन्द्र दर्लामि दोस्रो हुनुभएको छ ।
यसैगरि नर्बेदेश्वर आधारभुत विध्यालयका कक्षा ३ मा अध्ययनरत मनिसा धमला तृतिय र बालपञ्च माध्यमिकका कक्षा ३ मा अध्ययनरत सोफिया तामाङ्गले सान्तवना पुरस्कार प्राप्त गर्नु भएको छ । 
प्रबृधिमैत्रिको परिधिभित्र पठनसिप पनि पर्ने भएकाले पठनसिपको विकास गर्दै बालबालिकाको पढाईलाई अगाडि बढाउन प्रतियोगिता सञ्चालन गरिएको निर्णायक मण्डलिले जनाएको छ ।
पहिलो, दोस्रोलाई नगरस्तरीय पठनसिप प्रतियोगितामा आगामी १० गते पाख्रिबास नगरपालिकामा हुने प्रतियोगितामा सहभागिता गराईने बालपञ्च माध्यमिक विध्यालयका प्रधानाध्यापक अधिकारिले जानकारी दिनुभयो ।
शिक्षक उर्मिला देउजा, डोरिन्द्र बरूवाल, भिमबहादुर कुवर निर्णायक मण्डलिमा रहनु भएको थियो ।
सहभागि बिध्यार्थी र विजेता विध्यार्थीहरूलाई अतिथिहरूले पुरस्कार वितरण गर्नु भएको छ ।




















