इटहरी । पुर्वी तराईका थारु समुदाय लगायतले वैशाख महिना भरी विभिन्न ठाउँका ग्रामथानमा पुजाअर्चना सहित धार्मिक मेलाका साथ मनाइने सिरुवा पर्व कोरोना कहरका कारण यस वर्ष पुजाअर्चनामा समिति वन्न थालेको छ ।
हरेक वर्ष वैशाख ३ गते सुनसरीको इटहरीको कचनामहादेवमा लाग्ने सिरुवा मेला यस वर्ष कोरोना कहरका कारण स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै पुर्जाअचर्नामा सिमित वन्न पुगेको हो । कोरोनाको दोस्रो लहर फैलन थालेसंगै सुनसरी प्रशासनले धेरै भिडमा हुने मेला महोत्सव नगर्न आग्रह गरे बमोजिम कचनामहादेवमा भक्तजनहरुले पुजाअर्चना र बैगुनको भार चढाएर मनाएका छन ।
विगतका वर्षहरुमा कचनामहादेवमा ठुलो संख्यामा मानिसहरुको भिडभाड सहित धार्मिक मेला लाग्ने गरेकोमा यस पटक भने समय परिस्थीतीका कारण पुजाअर्चना मात्र गरि मनाइएको स्थानीय वताउछन । इटहरीको कचनामहादेवमा मात्र हैन अन्य ठाउँका ग्रामथानमा वर्षेनी लाग्ने धार्मिक मेलाहरु समेत कोरोनाका कारण प्रभावित वन्न पुगेका छन । पुर्वी तराईका जिल्लाहरुमा रहेका ग्रामथानहरुमा बैशाख महिना भरी कहिले कहाँ कहिले कहाँ धार्मिक मेला लाग्ने गरेको छ ।




















