Saptakoshi Online
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थ
  • समाज
  • विचार
  • अपराध
  • रोचक
  • शिक्षा
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ्य
  • थप
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • राेचक खबर
    • पत्रपत्रिका
    • अन्तरवार्ता
    • बिबिध
    • फोटो फिचर
    • धर्म संस्कृति राष्ट्रिय
    • खोज
    • विज्ञान-प्रविधि
    • English
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थ
  • समाज
  • विचार
  • अपराध
  • रोचक
  • शिक्षा
  • खेलकुद
  • पर्यटन
  • स्वास्थ्य
  • थप
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • राेचक खबर
    • पत्रपत्रिका
    • अन्तरवार्ता
    • बिबिध
    • फोटो फिचर
    • धर्म संस्कृति राष्ट्रिय
    • खोज
    • विज्ञान-प्रविधि
    • English

जनता क्याम्पस इटहरीकाे स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित

  • फागुन २८, २०८१
  • सप्तकोसी अनलाइन
alt
इटहरी ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को निर्देशिकाविपरीत स्ववियु निर्वाचनको माग राखेपछि जनता बहुमुखी क्याम्पस, इटहरीमा स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ। त्रिविले जारी गरेको निर्देशिकाअनुसार निर्वाचन समितिले प्रक्रिया अघि बढाएपछि केही दिनयता निर्वाचनको विषयलाई लिएर विवाद चुलिएको थियो। विवाद समाधानका लागि मंगलबार राति र बुधबार सर्वदलीय बैठक बसेपनि कुनै निष्कर्ष निकाल्न सकेन।

बैठकमा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, मोहन वैद्य नेतृत्वको माओवादी र स्वतन्त्र समूहका प्रतिनिधिहरू सहभागी थिए।

विवादको कारण

त्रिविको निर्देशनअनुसार माघ ११ पछि भर्ना भएका विद्यार्थीलाई मताधिकार नदिने नीति लागू भएपछि अनेरास्ववियुले विरोध जनाएको थियो। निर्वाचन समितिले सोही निर्देशनअनुसार मतदाता नामावली प्रकाशन गरेपछि अनेरास्ववियु असन्तुष्ट हुँदै आएको थियो। यसअघि पनि अनेरास्ववियुले निर्वाचन कक्षमा तालाबन्दी गरेको थियो, जसलाई सहमतिका लागि खोलिएको थियो।

तर, बुधबार पुनः निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन कार्यक्रम अर्को सूचना नआएसम्म स्थगित गरिएको निर्वाचन समितिका संयोजक सञ्जीवकुमार यादवले जानकारी दिए।

सर्वदलीय बैठकमा सहमति जुट्न सकेन

जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, कांग्रेस सुनसरी क्षेत्र नं. २ (क)का सभापति सुबेक्छु देवान, कांग्रेस इटहरीका कार्यवाहक सभापति बालकृष्ण विष्ट, एमाले नगर अध्यक्ष रुपेश बस्नेत, कार्यपालिका सदस्य प्रमोद शेर्पा, इटहरी–९ का वडाध्यक्ष जीतेन्द्र थापा, अनेरास्ववियु कोशी प्रदेश अध्यक्ष जीबी गजल, माओवादी केन्द्रका नगर अध्यक्ष राजकुमार आचार्य, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवीन दाहाललगायतको उपस्थिति थियो। बैठकमा सबै दलहरूले त्रिविको निर्देशिकाअनुसार निर्वाचन अघि बढाउनुपर्ने धारणा राखे। तर, अनेरास्ववियुले त्रिविको निर्देशनविपरीत माघ ११ पछि भर्ना भएका विद्यार्थीलाई पनि मतदानको अधिकार दिनुपर्ने माग गरेपछि सहमति जुट्न सकेन।

अनेरास्ववियुको असन्तुष्टि र अन्य दलहरूको प्रतिक्रिया

अनेरास्ववियु जनता बहुमुखी क्याम्पसका अध्यक्ष सन्तोष तिम्सिनाले त्रिविले निर्देशिका जारी गरे पनि क्याम्पस प्रशासनले फागुन १५ गतेसम्म विद्यार्थी भर्ना लिएको र उनीहरूलाई मताधिकारबाट वञ्चित गर्न नहुने बताए। “क्याम्पस प्रशासनले २०६ जना विद्यार्थीको नाम मतदाता नामावलीमा समावेश नगरेसम्म निर्वाचन हुन सक्दैन,” अनेरास्ववियु सुनसरी अध्यक्ष उज्वल सिग्देलले भने। तर, नेविसंघ सुनसरी सभापति प्रमोद भट्टराईले अनेरास्ववियुले चुनाव नै रोक्ने रणनीतिमा लागेको आरोप लगाए। “चुनाव हुन्छ भन्ने थाहा हुँदाहुँदै अनेरास्ववियुले नियन्त्रित रूपमा उम्मेदवार टुंग्याएर पछि मात्र भर्ना गराउने र नियमविपरीत मतदान गर्न दिने माग गर्नु अवैज्ञानिक छ,” उनले भने।

अनेरास्ववियुले स्ववियु सभापति पदका लागि हेमराज खड्का (आदित्य)लाई उम्मेदवार बनाएको थियो। तर, खड्का फागुन १५ गतेमात्र भर्ना भएकाले उनको नाम मतदाता सूचीमा नसमेटिएपछि अनेरास्ववियुले विरोध गर्दै आएको छ।

क्याम्पस प्रशासनको भनाइ

क्याम्पस प्रशासनका अनुसार त्रिविले जारी गरेको निर्देशिकाअनुसार भर्ना भएका सबै विद्यार्थीलाई पढ्न पाउने सुविधा भए पनि मताधिकार भने निर्देशिकाअनुसार मात्र हुने स्पष्ट गरिएको थियो। “निर्वाचन समितिले नियमानुसार काम गरेको हो। अनेरास्ववियुको माग पूरा गर्न कानुनी आधार छैन,” स्ववियु सभापति सहदेव काफ्लेले भने।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीका अनुसार विवाद समाधान गर्न पुनः बिहीबार समिति बैठक बस्नेछ। “सहमति गरेर अघि बढ्ने प्रयास भइरहेको छ। तर, सहमति नभए नियमअनुसार निर्वाचन अघि बढाइनेछ,” उनले भने। अब के हुन्छ? अहिले निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ। निर्वाचन समितिले नयाँ सूचना जारी नगरेसम्म चुनावी प्रक्रिया अगाडि बढ्ने छैन। बिहीबार बस्ने क्याम्पस सञ्चालक समितिको बैठकले ठोस निर्णय लिने सम्भावना छ। यदि कुनै सहमति नजुटेमा त्रिवि निर्देशनअनुसार निर्वाचन गराउने वा अर्को विकल्प खोज्ने विषयमा छलफल हुन सक्छ। अनेरास्ववियुले भने आफ्ना माग पूरा नभए आन्दोलन चर्काउने चेतावनी दिएको छ। अब क्याम्पस प्रशासन, विद्यार्थी संगठनहरू र सरोकारवालाहरूबीच पुनः वार्ता गरी समस्या समाधानको प्रयास गरिनेछ। चुनाव सम्पन्न गर्ने वा नयाँ सहमति गर्ने भन्ने निर्णय आगामी दिनमा स्पष्ट हुनेछ। 
सम्बन्धित समाचार
'कमला मिस' प्रिमियरमा भावुक बने दर्शक, सामाजिक सन्देशले पायो उच्च प्रशंसा
'कमला मिस' प्रिमियरमा भावुक बने दर्शक, सामाजिक सन्देशले पायो उच्च प्रशंसा
'पच्चीस पच्चीस' निर्माण घोषणा, सुब्रत आचार्यको निर्देशनमा अमित सुब्बाको नेपाली फिल्ममा डेब्यु
'पच्चीस पच्चीस' निर्माण घोषणा, सुब्रत आचार्यको निर्देशनमा अमित सुब्बाको नेपाली फिल्ममा डेब्यु
ए मेरो हजुर ५’ को शुभारम्भ बडीमालिकाबाट
ए मेरो हजुर ५’ को शुभारम्भ बडीमालिकाबाट
SaptaKoshiOnline
  • भर्खरै
  • लाेकप्रिय
'कमला मिस' प्रिमियरमा भावुक बने दर्शक, सामाजिक सन्देशले पायो उच्च प्रशंसा
'पच्चीस पच्चीस' निर्माण घोषणा, सुब्रत आचार्यको निर्देशनमा अमित सुब्बाको नेपाली फिल्ममा डेब्यु
ए मेरो हजुर ५’ को शुभारम्भ बडीमालिकाबाट
सङ्घर्षबाट मुख्य नायकसम्म : ‘ल्याङ्ग ल्याङ्ग’मा जीवन जंग बस्न्यात
इटहरीका अग्रणी फोटो पत्रकार विशप ताम्राकारको निधन
नयाँ नेतृत्वसँगै नेपाल वायुसेवा निगममा सुधारको संकेत, आम्दानी र सिट उपयोगिता बढ्यो
कुवेतमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु, नेपाली समुदायमा सुरक्षा चिन्ता
पूर्वमुख्यमन्त्री कार्कीद्वारा देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्यायको माग
इटहरीमा बृहत् सद्भाव र्‍याली सम्पन्न, सामाजिक एकता र सहअस्तित्वको सन्देश
इटहरीमा एक जना पुरुष मृत्य अवस्थामा भेटिए
इटहरी आएका कमल थापा लाइ राजेन्द्र लिङ्देनकाे काउन्टर
इटहरीमा भाइरल ज्वोरोका विरामी बढ्दै
इटहरीकाे मुख्य चाैकमा खुकुरी हानाहान
प्रियंकाको बुढिगंगामा हत्या भएको पुष्टि
सुनसरीमा नेपाली सेनाको मोवाइल गस्ती परिचालन (तस्वीर सहित)
सुनसरीमा सेना परिचालन ,निषेधाज्ञा उल्लङ्घन गर्ने लाई १ महिनासम्म कैद
सुनसरीमा भोलिबाट २४ गते सम्म निषेधाज्ञा (यस्तो छ निर्णय )
इटहरीमा एउटै टाेलका २५ जना बिरामी

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल
  • ईमेल : [email protected] / [email protected]
  • नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2015 / 2026 / Saptakoshionline.com / All Rights Reserved.