इटहरी । सुनसरीको इटहरी ४ मा रहेको पाथिभरा बोर्डिङ स्कुलले अभिभावकहरुका लागि कार्यशाला आयोजना गरेको छ ।

आफना छोराछोरीलाई सफल वनाउने विषयमा अभिभावकहरुले खेल्नु पर्ने भुमिका विषयक  केन्द्रित गरेर कार्यशाला आयोजना गरेको हो । 

सो कार्यशालामा विद्यालयले कसरी पठन पाठन गराउदै आएको छ भन्ने कार्य तालिका साथै पठन संस्कृति, ज्ञान , सिप र संस्कार आध्यात्मिक साधन  , लगायतका विषयमा , उत्प्रेरकहरु विवेक विनय ,डाक्टर विपीन रेग्मी  लगायतले अभिभावकहरुलाई  सहजिकरण गरेका थिए ।       सोही अवसरमा विद्यार्थीहरु द्धारा लिखित पाथिभरा भोलीका आवावहरु नामक पुस्तक विमोचन गरिएको छ । 

पाथीभरा स्कुलले किताबको ज्ञान मात्र नभएर सैदान्तिक ,सांस्कृतिक तथा सिपमुलक शिक्षा संगै व्यवहारिक शिक्षालाइ पनि संगै अंगालेर अबको युग बिज्ञान र प्रविधिको भएकाले यहाका बिद्यार्थीहरूलाइ अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने हरेक क्षेत्रमा अब्बल बनाउने गरी प्रविधियुक्त शिक्षामा जोड दिदै आएको  पाथिभरा वोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष निर्मलकुमार रिजालले बताए । 480934053_1368700800767983_6583370377816987194_n

कार्यक्रमका प्रमुख अतिथी प्याव्सन कोशी प्रदेश अध्यक्ष सुमित थापाले बिद्यार्थीहरूलाइ गुणस्तरीय शिक्षा संगै प्रविधि संग जोडेर भोलीको भविष्य बनाउने पहिलो स्थान भनेको बिद्यालय भएको कारण यहाबाट जस्तो शिक्षा प्रदान हुन्छ कलीलो मस्तिस्कमा त्यहि भरिने हुनाले राष्ट्र निर्माणको पहरेदारको भुमीकामा बिद्यार्थीहरूलाइ अब्बल बनाउदै बिद्यालयले अहिले गरेको कार्यक्रम साच्चै उदाहरणीय र प्रसंसामय रहेको बताए ।480809777_1368700637434666_8108697175199592061_n

समय अनुकुल विद्यार्थीहरुको सिकाइका लागि प्रविधियुक्त कक्षाहरु सञ्चालन गरिदै आएको साथै पठन संस्कृति, सिप शिक्षा, आध्यात्मिक साधन ज्ञान , लगायतका विषयमा विद्यालय धेरै अगाडी बढेको विषयमा विद्यालयका प्राचार्य डाक्टर गोपाल श्रेष्ठले जानकारी गराएका थिए । 

कार्यक्रममा पाथिभरा वोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुको उल्लेखनिय संख्यामा सहभागिता रहेको थियो ।

२०४८सालमा स्थापना भएर सञ्चालन हुदै आएको पाथिभरा सेकेण्डरी स्कुलमा हाल प्ले गु्रप देखि कक्षा १० सम्म ८ सय वढी विद्यार्थीहरु अध्ययनरत रहेका छन ।