२८ माघ, काठमाडौं । आज देशका धेरैजसो ठाउँमा मौसम बदली भएको छ । मधेश प्रदेशबाहेक सबै प्रदेशमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकोले मौसम बदली भएको हो । बिहान तराईका जिल्लाहरूमा हुस्सु र कुहिरो पनि लागेको छ । आज दिउँसोदेखि साँझसम्म कोशी प्रदेशका केही स्थानमा वर्षासमेत हुने महाशाखाको पूर्वानुमान छ । बाँकी सबै प्रदेशको हिमाली र पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । कोशीसहित, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
थोरै ठाउँमा वर्षा, उच्च पहाडी र हिमाली भू(भागमा हिमपात र तराईमा हुस्सुरकुहिरो लागेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
कोशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।




















