काठमाडौं । ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात भएको छ । बिहीबार राति ड्युटीमा खटिएका दुई प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी  अपिलराज बोहोराले बताए । अहिले हातपात गर्ने व्यक्तिको खोजी सुरु गरिएको छ । ‘सीसीटीभी फुटेजमार्फत व्यक्ति पहिचानको काम भइरहेको छ । पहिचान भइसकेपछि पक्राउ पर्ने बोहोराले भने । मदिरा पिएको ५÷६ जनाको समूहले प्रहरीमाथि हातपात गरेको थियो । प्रहरीमाथि हातपात गर्ने व्यक्ति अस्कल क्याम्पसमा अध्ययनरत विद्यार्थी नेताहरु रहेको आशंका गरिएको छ ।  यसबारे पुष्टि गर्न बाँकी नै रहेको बोहोराले बताए ।