इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानी माग्दै काठमाडौं पुगेका छन । उनी रित्तो गाग्री बोकेर काठमाडौं पुगेका हुन् । उनी धरानमा खानेपानीको समस्या समाधानको माग गर्दै रित्तो गाग्री बोकेर काठमाडाैं पुगेका हुन ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली, खानेपानीमन्त्री प्रदीप यादवसँग भेट्ने बताइएको छ । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै साम्पाङ खाली गाग्री लिएर पुगेका हुन् । आज (सोमबार) काठमाडौं आएका उनले मंगलबार खाली गाग्रीसहित सिंहदरबार जाने बताएका छन् ।




















