इटहरी/ सूचना प्रविधि प्रयोगका कारण बालबालिका यौन दुव्र्यवहारमा पर्ने गरेको इटहरीमा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन भ्वाईस अफ चिल्ड्रेन इटहरीले आयोना गरेको उक्त कार्यक्रममा बालबालिकाहरुलाई कसरी अनलाइन यौनदुव्र्यवहार बाट बचाउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ । अनलाइन अपराधले समाजिक मात्र नभई मनोविज्ञान रुपमा असर पार्ने इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीले बताए । उनले पहिले शारीरिक यौन दुव्र्यवहार हुने गरेको अहिले इन्टरनेटका माध्यमबाट पनि यौन दुव्र्यवहारले बालबालिकालाई मनोवैज्ञानिक असर पुर्याउने बताए । ऐन निर्माण भएर मात्र नहुने उल्लेख गर्दै कानुनबारे जनचेतना जगाउनु आवश्यक रहेको कार्कीको भनाई रहेको छ । 

प्रविधिको दुरुपयोगमा अश्लील फोटो माग्ने, असंवेदनशील म्यासेज गर्नेजस्ता कार्य बालबालिकामा आदानप्रदान भएर यौन दुव्र्यवहारमा पर्ने गरेको जनाइएको छ । कार्यक्रममा सुवीसु इन्टरनेटका प्रतिनिधी मुकुन्द भटराईले  इन्टरनेटका कारणले धेरै बालबालिका यौन दुव्र्यवहारमा पर्ने गरेको उल्लेख गर्दै विद्यालय तहमा सचेतनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । 

फेसबुक, म्यासेन्जर, टिकटक, युट्युब, भाइबर, ट्विटर, ह्वाट्सएप, इमो, इन्स्टाग्राम आदिजस्ता सामाजिक सञ्जालहरूको प्रयोग गरी बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक, सामाजिक विकास तथा अवस्थामा असर पर्ने क्रियाकलापहरू अनलाइनबाट हुने बाल दुर्व्यवहार हो । बालबालिका अनलाइनको माध्यमबाट सबैभन्दा बढि यौन दुव्र्यवहार र शोषणमा पर्ने गरेका छन्। अनलाइनबाट बालबालिकालाई फकाउनु, यौनजन्य सन्देश, भिडियो र फोटो पठाउनु, नग्न फोटो खिच्न र भिडियो बनाउन लगाउनु सामाजिक सञ्जालबाट हुने बालयौन दुर्व्यवहारका केहि स्वरुपहरू हुन् । यस्ता दुर्व्यवहारका स्वरुपहरुलाई रोक्न र सचेतना भ्वाईस अफ चिल्ड्रेनले कार्यह्रमहरु ग्र्दै आएको भ्वाइस अफ चिल्डेनका कार्यक्रम संयोजक गोविन्द कोइरालाले जानकारी दिए । 

प्रत्येक व्यक्तिको हात–हातमा पुगेको मोबाइल अनि इन्टरनेटका माध्यमबाट बालबालिकाको शैक्षिक, संवेगात्मक, सामाजिक विकासमा धेरै फाइदा पुगे पनि उनीहरूको विकासमा प्रतिकुल असर पनि अत्यधिक मात्रामा परेको सरोकारवालाहरु बताउछन ।