दुई जना क्यान्सर पीडित बालकहरुलाई सहयोग गर्न धरानमा नेपाली ऐतिहासिक कथानक चलचित्र १२ नेपाली एक चिहानको च्यारिटी सो को आयोजना गरिएको छ । धरान ८ का एक बालक र इनरुवा नगरपालिकाका एक गरी दुई जना बोनमेरो क्यान्सर पीडित बालकहरुलाई सहयोग गर्न च्यारिटी सो को आयोजना गरिएको हो । धरान १९ स्थित अपांग पुनस्र्थापना तथा असहाय सेवा केन्द्रको आयोजनामा चलचित्र निर्माता निर्देशक अरुण प्रधानले सहयोग गर्ने उद्देश्यले च्यारिटी सोको आयोजना गरिएको निर्माता निर्देशक प्रधानले जानकारी दिए ।

धरान १९ मा रहेको अपांग तथा असहाय केन्द्रले यस भन्दा अगाडि एक जना पीडितका लागि ८० हजार सहयोग गरिसकेको छ । अब बाँकी १ लाख खातामा जम्मा गर्ने केन्द्रका निर्देशक सुनिल खड्काले बताएका छन । 

पछिल्लो समय सहयोग माग्नेको संख्या बजारमा यत्रतत्र पाइए पनि समाजमा केही दिएर सहयोग माग्दा प्रभावकारी हुने र धेरै सहयोग जुट्ने अभिनेत्री शान्ति पाख्रिनको भनाइ छ । च्यारिटी सो बाट उठेको रकम दुई जना पीडिलाई प्रदान गरिएको थियो । सुनसरीको झुम्काका बर्ष ३ का रिसव चौधरी र धरान ८ का  बर्ष ५ का धनराज परियारलार्ई सहयोग गरिएको हो । चौधरीका बाबा आफै अपाग भएको र परियारको परिवारको अवस्था कमजोर भएका कारण उपचार गराउन कठिन भएको केन्द्रले जनाएको छ ।