सुनसरी । बराहक्षेत्रनगर र आसपासको क्षेत्रका नागरिकलाई लक्षित गरेर बराहक्षेत्र नगरले १६ बेडसहितको अस्पताल भवनको सिलन्यास गरिएको छ ।hp-silanyasjpgnzgmltokl (1)

नगरप्रमुख रमेश कार्कीले विधिपूर्वक मंगलवार बहुआयमिक अस्पताल भवनको सिलन्यास गरेका छन्। सो कार्यक्रममा बोल्दै कार्कीले भन्छन, ‘भवन निर्माणपश्चात बिरामी र सेवाग्राहीले थप विशेषज्ञसहितको सुविधा पाउनेछन्, भने नगर अस्पताललाई थप विकास गर्दै आधुनिक उपकरणह समेत थप्दै लगिने छ  ।’यस नगरका नागरिकले छिटो र सर्वसुलभ रुपमा उपचार पाउन भन्ने कुरामा नगर सधैं लागी परिरहने छ । 

संघिय सरकार खानेपानी मन्त्रालयकोे १ करोड ८० लाख लागत सहयोगबाट भवन निमार्ण गर्न लागिएको हो । बराहक्षेत्र वडा नं. ६ को साकेला पार्क अगाडि रहेको नगरको जग्गामा अस्पताल भवन को सिलन्यास गरिएको छ ।

सिलान्यास कार्यक्रममा वडा नं. ६ का अध्यक्ष उद्धब प्रसाद पोखरेल, नगरका इन्जिनियर राजु भट्टराई, जनप्रतिनिधिलगायत सरोकारवाला र स्थानीयवासीको उपस्थिति रहेको थियो भने उक्त भवन १५ मिटर चौडा र २० मिटर लम्वाइको हुने निर्माण कम्पनी सगरमाथा विडारी जेभी का तारा नाथ दाहालले जानकारी दिएका छन् ।