मोरङ । मोरङको बलिया चोकमा मिलीजुली परिवारको आयोजनामा प्रथम बलिया महोत्सवमा आज शनिवार र्यापर मिस्टर डी आउने भएका छन् । युवापुस्ता माझ निकै लोकप्रिय र्यापर मिस्टर डिले महोत्सवमा माहौल तताउने देखिएको छ ।
साथै, आज शनिबार साँझ हाउजीमा यामाहाको स्कुटर उपहार पनि राखिएको छ । ५ सय रुपैयाँको टिकटले स्कुटर जित्ने अवसर रहेको आयोजकले जानकारी दिएको छ । महोत्सवमा रोटेपिङ्ग, कोलम्बस, ट्राईगन, ब्रेक टान्स, र बच्चाका विभिन्न खेलहरू आकर्षणको रूपमा रहेको आयोजकले जनाएको छ ।जेठ १९ गते देखि सुरु भएको महोत्सव असार ५ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवमा लागूऔषध दुर्व्यसनीमा फसेका युवाहरूलाई पुनः स्थापना गर्ने कार्यमा थप सहयोग जुटाउने उद्देश्यले महोत्सवको आयोजना गरिरहेको मिलीजुली परिवार क्लबका सञ्जय चौधरीले बताए ।




















