रौतहटमा करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ, धारामा पानी थाप्ने क्रममा विद्युतीय मोटरमा शुक्रवार राति दुबै जनालाई करेन्ट लागेको थियो ।तत्कालै दुवै लाई प्रादेशिक अस्पताल गौर लगिएको र उपचारका क्रममा राति नै उनीहरुको मृत्यु भएको हो । मृत्यू हुनेमा स्थानीय ३० वर्षीय अरुण कुमार साह र २८ वर्षीय पण्डित कुम्हाल छन् इलाका प्रहरी कोपवाले जनाएको छ ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सई परमानन्द यादवले जानकारी दिए ।