प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि लागेका कुनै पनि आरोप प्रमाणित भएमा राजीनामा दिने बताएका छन् ।
शुक्रबार संसदीय सुनवाइ समितिमा समिति सदस्यहरुले आएका उजुरीहरुबारे प्रश्न गरेका थिए ।
जवाफमा कार्कीले त्यसमा कुनै सत्यता नभएको बताएका छन् ।उनले भने, ‘म माथि लागेको कुनै पनि आरोपमा सत्यता छ भन्ने प्रमाणित भयो भने राजीनामा दिएर बाहिरिन्छु ।’




















