इटहरी । समान काम गरे पनि महिला श्रमिकहरुलाई ज्यालामा विभेद गरिने कार्य देखि लिएर महिलाको श्रमको पहिचान समेत हुन नसकिरहेको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गरिएको छ ।
ओरेक नेपाल सुनसरीको आयोजनामा महिला श्रमिकको पहिचान स्थापनाका लागि सञ्चारकर्मीहरुले खेल्नुपर्ने भुमिका विषयक एक दिने अन्तरकृिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समान रुपमा काम गरेपनि पारिश्रमीकमा विभेद हुदै आएको , मनोरञ्जनका क्षेत्र साथै अन्य मुलुक हुदै वैदेशिक रोजगारीमा जाने महिलाहरु विभिन्न किसिमका समस्याहरु झेल्दै आएका लगायतका विषयमा सञ्चारकर्मीहरुले आवाज उठाउनु पर्ने सहजकर्ता सुनिता मैनालीले जोड दिइन ।
त्यसै गरी वैदेशिक रोजगारीसंग जोडिने कानुन लगायतका विषयमा सरस्वती दुनुवारले सहजिकरण गरेकी थिइन । अन्तरक्रियामा कतिपय कानुनहरु भएपनि कार्यान्वयन प्रभावकारी रुपमा हुन नसकिरहेको साथै कतिपय महिला श्रमिकहरुलाई लक्षित गरी कानुन वनाउनु पर्ने अवस्था रहेको समेत सहभागीहरुले जोड दिएका थिए ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले विगत देखि नै महिलाहरु श्रमिकहरुका सवालका विषयमा आवाज उठाउदै आएको र महिला श्रमिकहरुका समस्या र उठाउन गर्नु पर्ने विषयमा आवाज उठान ओरेक नेपाल लगायतका महिलाहरु अधिकारका क्षेत्रका काम गर्ने संघसंस्थाहरुले भुमिका खेल्नु पर्नेमा जोड दिए । कार्यक्रममा सुनसरीमा महिला श्रमिकहरुका विषयमा ओरेक सुनसरीकी कार्यक्रम अधिकृत विमला घिमीरेले जानकारी गराईन ।




















