इटहरी । गएराती आएको वर्षा सहितको हावाहुरीले सुनसरीको इटहरी सहित विभिन्न ठाँउहरुमा क्षति पुरयाएको छ ।
हावाहुरीले घर तथा रुखहरु लड्दा केही मानिसहरु समेत इटहरीमा घाइते भएका छन । हावाहरुले घरका छाना , टाटी , उडाउने देखि लिएर केही घरहरु पुर्णरुपमा क्षति भएका छन । इटहरी उपमहानगरपालिकाको वडा नम्बर १५मा केही घरहरु पुर्ण रुपमा क्षति भएको, केही घरका छाना टाटी उढाएको ,रुख लडेको , घर तथा रुखले किचेर केही मानिसहरु समेत घाइते समेत भएको उपप्रमुख संगिता चौधरीले जानकारी दिइन ।
हावाहुरीले रुख लडेर घरलाई क्षति पुर्याएको समेत देखिन्छ । यता इटहरीको वडा नम्बर १४को नरभाषाको हरियाली टोलमा समेत हावाहुरीले स्थानीयका केही घरहरु, गोठ तथा रुखहरु लडाएका क्षति पुर्याएको छ । 
सो क्षेत्रका वुधनारायण चौधरी , केशरवती थरुनी , अनिता चौधरी , सुशिला बराईली ,सिकेन कुमार चौधरी , शतिलाल मरिक ,आशाराम चौधरी लगायतका घर तथा गोठ लगायतमा क्षति पुगेको स्थानिय समाजसेवी वसिर खानले जानकारी गराए । सो क्षेत्रको समेत उपप्रमुख चौधरीले अनुगमन गरेकी छन ।
वुधबार रातको समयमा आएको हावाहुरीले सुनसरीका इनरुवा , वर्जु , गढी लगायतका क्षेत्रमा समेत घर ,टहरा , गोठ भत्काए क्षति पुर्रयाएको छ ।




















