राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले आफू सांसद बन्ने सम्भावना एक प्रतिशत रहेको उल्लेख गर्दै राजनीतिमा आउने संकेत दिएका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउने र स्कुल पढ्ने, अमेरिका जाने, नेपालमै बस्ने, वायरलेस प्रविधिबाट दुर्गम ठाउँमा इन्टरनेट पुर्याउने सम्भावना एक प्रतिशत रहे पनि अहिले ती सबै काममा सफल भएको भन्दै उनले अब सांसद बन्ने सम्भावना पनि एक प्रतिशत रहेको बताएका छन् ।
उनले राजनीतिक पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने सम्भावना पनि एक प्रतिशत रहेको ट्वीटरमा उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान, आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यही रुपमा चलीरहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ ।’




















