नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कोशी व्यूरोले जातीय सवाल र समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।  वैज्ञानिक समाजवादमा जानका लागि मात्रै नेपालमा बृहत् कम्युनिस्ट एकता हुन सक्ने नेत्र विक्रम चन्द्र ‘विप्लव’ ले बताएका छन ।  महासचिव विप्लवले दलाल, पूजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न नेपालमा कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियालाई सुरु गरेको बताए।

नेपाल राष्ट्रलाई स्वाधीन बनाउने मूल उद्देश्य अन्तरगत आफूहरुले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान सुरु गरेको उनले दाबी गरे । उनले एकीकृत जनक्रान्तिकारी को आन्दोलन चलिरहेको र यो आन्दोलन भनेको उत्पीडित सामुदायिको लडाइ भएकाृ समेत बताए । उत्पीडित बर्ग लाई जागरुक गर्नका लागि पहिचानको आन्दोलनमा आफेनो पाटीको पुर्ण रुपमा समर्थन रहेको बताए । 

माओवादी पार्टीे जातीय टुक्रा पार्ने पार्टी नभएर जातीय बर्गको आधारमा जातीय राज्य को पक्षमा रहेको जिकीर गरे । सोही कार्यक्रममा महासचिव विप्लवले अहिले चलेको आन्दोलन भनेको जातीय मुक्ति आन्दोलन समेत भएको जिकीर गरे । उनले चेतावनी दिदै भने कसैले हतियार लुकाउनु पर्दैन मानव आफै हतियार  भएको उनको भनाइ छ । 

उनले नेपाल लाई जातिय आधारमा १३ वाट राज्य बनाउनु पर्ने धारणा समेत व्यक्त गरेका छन  । अमेरिकाले नेपालमा सेना राखेर नेपाल लाई युक्रेन बनाउन  खोजेको आरोप लगाए । माओवादीको दस बर्से जनयुद्ध सफल नहुनु र माओवादीले नौलो जनवादी शक्ति निर्माण गर्न नसक्दा कुमार लिङ्देन ले नेतृत्व गरेको संघीय लिम्बुवान मंचको जन्म भएको समेत उनले बताए । 

अब कुनै पनि आन्दोलन ब्यानर , पेलेकार्ड बोकेर चोकमा र र्याली निकालेर पूरा नहुने भन्दै अबको आन्दोलन अन्तिम लडाइँ लड्नु पर्ने उनको तमर्क छ । सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी , एकीकृत समाजवादी , जसपा पार्टी बिच एक , केही दिन भित्र मोर्चा बन्दी हुने बताए ।