इटहरी । पार्टीमा बढीरहेका अव्यवस्थाहरु हटाउन अघि नबढे विभिन्न किसिमका चुनौतिहरु सामना गर्न नसकिने भएका कारण रुपान्तरण अभियान चलाउनु परेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमीरेले वताएका छन ।

    काँग्रेस शुद्धिकरण अभियानका रुपमा सातै प्रदेशमा सञ्चालन गर्न लागिएको रुपान्तरण अभियानका विषयमा जानकारी गराउन सुनसरीको इटहरीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता हाम्रो आफनै पार्टी भित्रको अव्यवस्था  हटाउन अभियान चलाउनु परेको जानकारी गराएका हुन ।

   रुपान्तरण अभियान अन्तरगत कोशी प्रदेशमा भोली अर्थात यही जेठ ३१ गते इटहरीमा आयोजना गरिने कार्यक्रमको पुर्वसन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता घिमीरेले नेपाली काँग्रेसलाई नयाँ पार्टी  देखि लिएर पुराना व्यवस्था फर्काउने अभियान चलाउनेहरु सम्मकोे चुनौती सामना गर्नु परिरहेको वताए ।WhatsApp Image 2023-06-13 at 18.05.15 उनले यस्तो अवस्था मुलुकमा उत्पन्न विभिन्न समस्याहरुको समाधान गर्दै आएको लोकतन्त्रवादी पार्टी र लोकतन्त्रलाई जोगाउन रुपान्तरण अभियान चलाउनु परेको समेत जानकारी दिए ।

पार्टीले झेल्नु परिरहेका चुनौतीहरु साथै समाधानका उपायहरुका विषयमा पार्टीका विभिन्न तहमा रहेका नेता देखि लिएर कार्यकर्ताहरु विचार ,कुरा सुन्न र सुझावहरु संकलन गरी नेतृत्वलाई सुनाउने र नेतृत्वबाट विगतका कमीकम्जोरीहरु सुधार गराउदै जनताले अपेक्षा गरेको काग्रेस वनाउन मर्मत गर्ने गरि अभियान सञ्चालन हुने पत्रकार सम्मेलनमा जनाइयो ।  काग्रेसको कोशी प्रदेशको रुपान्तरण अभियान अन्तरगतको कार्यक्रम भोली इटहरीमा हुदै छ ।