इटहरी । मनसुन वर्षाका कारण कोशी प्रदेशमा हुन सक्ने सम्भावित विपद्बाट हुने जनधनको क्षती न्युनिकरण गर्ने उद्धेश्यले कोशी प्रदेश एकिकृत अभ्यास हातेमालो ५ को एक कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रलयको आयोजना तथा पुर्वी पृतना हेडक्वाटरको समन्वमा भएको ज्येष्ठ २८ र २९ गते विपद पुर्व तयारी तथा उद्धार कार्यको सिमुलेशन अभ्यास समेत गरी कार्यक्रम सम्पन्न गरिएको हो ।
कोशी प्रदेशका विभिन्न विषयगत क्षेत्र र सरोकारवाला निकायहरुको सहभागितामा जोखिम न्युनिकरण तथा प्रतिकार्य सम्बन्धी प्रस्तुतिकरण तथा गोलबन्ध अभ्यास सञ्चालन गरिएको हो ।
उक्त जोखिम प्रतिकार्य अभ्यासमा नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरुको तयारी अवस्थामा रही आपत्कालिन समयमा खोज तथा उद्धार कार्यको अभ्यास गरिएको हो । नदिनाला र हिमतालको प्रचुरताका कारण अन्य प्रदेशको तुलानामा कोशी प्रदेश उच्च जोखिममा रहेका कारण सम्भावित क्षती हुनसकने स्थान पहिचान र प्रतिकार्यका लागी अभ्यास गरिएको नेपाली सेना पुर्वी पृतनापती उपरथी डाक्टर आश बहादुर तामाङले जानकारी गराए ।
विगतमा भएका विपदबाट सिकिएका पाठलाई विपद प्रतिकार्य सम्बद्ध सुरक्षा निकाय,प्रदेश सरकार,स्थानिय तह साथै जनताको सहकार्यमा विपद जोखिम न्युनिकरण सम्बन्धी जनचेतना जगाई आवश्यक परेको खण्डमा सबै संयन्त्रलाई तैननाथ अवस्थामा राख्न उक्त कार्यक्रम प्रभावकारी रहने उनले विश्वास व्यक्त गरे ।
समापन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्राकृतिक विपदभन्दा कृतिम विपद ज्यादा जोखीमपुर्ण हुदै गएको बताएका छन । मौषमजन्य प्राकृतिक प्रकोपसँगै मानविय हेलचेक्राइका कारण हुने कृतिम विपदबाट सुरक्षित रहन पनी विपद प्रतिकार्य अभ्यासका विषयमा सबैलाई जानकारी हुनुपर्ने उनको भनाई थियो । नेपालमा देखिएका विपद जोखिम न्युनिकरण गर्न सुरक्षा निकायको अहम भुमिका रहेको बताउँदै उनले प्रदेश सरकारको तर्फबाट आर्थिक,नितिगत आवश्यक सहयोग गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । 
विभीन्न प्रदेश,जिल्ला र स्थानिय आपतकालिन कार्य सञ्चालन केन्द्रहरुलाई तैनाथ अवस्थामा राख्ने,प्रदेश,जिल्ला विपद पुर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक गर्ने विषयमा अभ्यास गरिएको हो । विपद पुर्वको तयारी र योजना तथा विपदको दौरान र पश्चात विभिन्न तहमा गर्नुपर्ने कार्ययोजना,कार्यन्वयनबारे अभ्यास समेत गरिएको हो । पछील्लो समय कोशी तटमा पनी अभ्यास गरिएको हो ।
समापन कार्यक्रममा कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुख डा. दिपक काफ्ले, नं. २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापा, नं. १८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी सन्तोष राज पाण्डे, नं. २१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री धनबहादुर थापा, कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयका उप सचिव अर्जुन निरौला लगायतको सहभागिता रहेको थियो ।




















