उर्लावारी । सफल जीवन जीउने विषय केन्द्रित भएर मोरगंको उर्लावारी नगरपालिकामा जीवन जीउने कला सकारात्मक सोच सहित संस्कार शिक्षा सम्वन्धी एक दिने कार्यक्रम आयोजना गरिएको छ ।
मायाघर नेपाल इटहरीको आयोजना तथा उर्लावारी नगरपालिकाको सहकार्यमा जीवन जीउने कला सकारात्म सोच सहित संस्कार शिक्षा सम्वन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
मायाघर नेपालकी अध्यक्ष भागवत मञ्जरी राधिका दासीको अध्यक्षता तथा उर्लावारी नगरपालिका नगरप्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्य रहेको अभिमुखिकरण कार्यक्रममा एक सय वढी मानिसहरुको सहभागिता रहेको थियो ।
सो अभिमुखिकरण कार्यक्रममा जीवन जीउने कला , सकारात्मक सोच , आध्यामको महत्व लगायतका विषयमा कार्यक्रमकी अध्यक्ष समेत रहेकी भागवत मञ्जरी राधिका दासीले प्रवचन सहित सहजिकरण गरेकी थिइन ।
उद्योग वाणिज्य संघ उर्लावारीका प्रतिनिधि , शिक्षक , उर्लावारीका जनप्रतिनिधि ,कर्मचारी लगायतका एक सय वढी मानिसहरुको सहभागिता रहेको अभिमुखिकरण कार्यक्रममा बोल्दै नगरप्रमुख खरेलले मानिसले शारिरिक तथा मानसिक स्वास्थ्यका लागि ध्यान दिनु पर्नेमा जोड दिदै स्वास्थ्य नै सबै भन्दा ठुलो कुरा भएको वताए ।
मायाघर नेपालले मानव जीवनका लागि सकारात्मक सोच सहित संस्कारयुक्त शिक्षाको महत्वका विषयमा पालिका केन्द्रित कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने सो अवसरमा मायाघर नेपालकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिइन् ।




















