धनकुटा । नेपाल सरकारले भरखरै अतिरिक्त हुलाक सेवा खारेज गर्ने निति तथा वजेट कार्यक्रममा घोषणा गरेसँगै अतिरिक्त हुलाक सेवामा कार्यरत ८१ जना कर्मचारीको रोजिरोटी खोसिएको छ ।  

उक्त खारेजीको विरोधमा धनकुटा जिल्ला स्थित रहेका २३ वटा अतिरिक्त हुलाक सेवामा कार्यरत ८१ जना कर्मचारीहरुले आज जिल्ला हुलाक कार्यालय धनकुटामा घेराउ गरि ७० बर्ष पुगेका कर्मचारीलाई सरसम्मान विदाई र बाँकी कर्मचारीलाई सेवा सुविधा सहित कुनै निकाय मार्फत कर्मचारी समायोजन गरि काम गर्ने वातावरण मिलाउन माग गरेका छन् । 

सरकारले लगाउदै आएको काम गर्दै आएकोमा गल्ति भएमा सबै सजाय भोग्नु पर्ने तर अतिरिक्त हुलाक सेवा खारेजी गर्ने सुचना तथा सञ्चारमन्त्री समेतले गरेको घोषणा प्रति आपत्ति जनाउदै गाँस, बाँस र कपास विहिन बनाएको डाँकबाहक कर्मचारी सरिता राईले गुनासो गर्नुभएको छ ।

गरिरहेको काम खोसेर बर्तमान सरकारले हँसियाले काटेर रेटिरेटि,तडपाई तड्पाई आफुहरुलाई मारेको आरोप लगाउनु भयो । अतिरिक्त हुलाक नियमावली २०३४ बमोजिम भएको अतिरिक्त हुलाक सेवामा तीन तहमा कार्यरत कर्मचारीरु ः पत्रवितरक, डाँकबाहक र हुलाक प्रतिनिधिका रुपमा काम गर्दै आउनु भएको छ । WhatsApp Image 2023-06-06 at 16.13.54 (1)

उहाँहरुले काम गरेवापत महिनामा पत्रवितरक र डाँकबाहकले सातहजार दुईसय र हुलाक प्रतिनिधिले आठहजार दुईसय पाउने गरेको हुलाक प्रतिनिधि टेकनाथ अधिकारीले बताउनु भयो । उहाँका अनुसार कार्यालय घेराउ पश्चात जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउने समेत योजना रहेको छ । 

धनकुटा जिल्लामा जिल्ला हुलाक कार्यालय मार्फतका १३ वटा ईलाका हुलाक कार्यालय र २३ वटा अतिरिक्त हुलाक सेवा कार्यालयबाट जिल्लावासिहरुलाई सेवा दिदै आएको छ ।

जिल्लामा ९० जनाको स्वीकृत दरवन्दि रहेको भएता पनि ८१  जनाको मात्र पदपुर्ति रहेको जिल्ला हुलाक कार्यालय धनकुटाका निमित्त हुलाक अधिकृतले जानकारी दिनुभयो ।