सुन्दरहरैचा । सिपका माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर वनाउने लक्ष्य सहित मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १मा सञ्चालित एक महिने ढाका कपडा बुनाई तालिम समापन भएको छ ।
सुन्दरहरैचा नगरपालिका वडा नम्बर १को आर्थिक सहयोग तथा प्रगति महिला समाजको आयोजनामा सञ्चालित एक महिने तालिम समापन भएको हो ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख केदार प्रसाद गुरागाईंले तालिम लिएर आर्थिक उपार्जन गर्ने गरी दक्ष वनेर व्यावसाय सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
वडा नम्बर १का वडाध्यक्ष राम विश्वासको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरियो । तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थी समझाना कार्कीले सम्मान गरियो । वडा क्षेत्रका दश जना महिलाहरुको सहभागिता रहेको तालिमका सहभागीहरुले तालिम प्रभावकारी भए र अझ एड्भान्स तालिम पनि उपलव्ध गराउन माग गरे ।
आयोजक सस्थकी अध्यक्ष पारवती गच्छदार , प्रशिक्षक निर्मला चौहान लगायतले सिपका माध्यमबाट समेत आय आर्जन गर्न सकिने हुँदा आफुले हासिल गरेको सिपलाई व्यवसायिक रुपमा प्रयोग गरी आम्दानी गर्न सहभागीहरुलाई सुझाव दिए । प्रगति महिला समाजले महिलाहरुलाई लक्षित गरि विभिन्न सिप मुलक तालिमहरु प्रदान गर्दै आएको छ ।




















