इटहरी । कोशी प्रदेशमा शैक्षिक दृष्टिकोणले छुटै पहिचान बनाएको सुनसरीको इटहरीमा रहेको विश्व आर्दश कलेजले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी साइबर कनेक्सन सम्वन्धी विभिन्न सहजिकरण कार्यक्रम आयोजना गरेको छ ।
इन्टरनेटसंग जोडिने विषयहरुका विद्यार्थीहरुलाई जानकारी गराउने उद्धेश्यले विश्व आर्दश कलेजको आयोजना रहेको दुई दिने साइबर कनेक्सन सम्वन्धी कार्यक्रमको आयोजना गरेको विश्व आदर्श कलेजका प्राचार्य गणेश दुलालले जानकारी दिए ।
इटहरी उपमाहानगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईई दिइसकेका विद्यार्थीलाई इन्टरनेट चलाउ अपनाउनु पर्ने सावधानी , साइबर क्राइम सम्वन्धी कानुनी कारवाही सामाजिक सञ्चाल कसरी सुरक्षित भएर चलाउने लगायतका विषयमा सहजिकरण गर्ने कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
विद्यार्थीलाई इन्टरनेटसंग सम्वन्धी विभिन्न विषयवस्तुको जानकारी गराउन काठमाडौंको आइएनजी स्कील एकेडेमीबाट विज्ञहरुका बोलाएर विश्व आर्दशले कार्यक्रम सञ्चालन गरेका आइएनजी स्कील एकेडेमीका अभियान श्रेष्ठले जानकारी गराए ।
इन्टरनेटका माध्यमबाट चलाईन सामाजिक सञ्चालनको कसरी सदुपयोग गर्ने, सामाजिक सञ्जालको वढी रहेको दुरुपयोगबाट कसरी टाढा रहने , हराएको डाटा कसरी पुनः फिर्ता ल्याउने लगायतका विषयमा आइएनजी स्कील एकेडेमीका निर्दशक निखिलराज श्रेष्ठ, कृष्ण लुइटेल लगायतले विद्यार्थीलाई सहजिकरण गरिरहेका छन ।




















