इटहरी । प्लाष्टिकजन्य फोहोरमैलाले वातावरण्मा पारिरहेको असरलाई मध्यनजर गर्दै विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिकजन्य प्रदुषण निर्मूल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौं भन्ने नाराका साथ विश्व वातावरण दिवस  सुनसरीको इटहरीमा पनि बुल्स एलेभेन क्लव र युथ क्लव आपँगाछिको आयोजनामा प्रभातफेरी र वृक्षारोपण गरेर विश्व वातारण दिवस मनाइयो । 

वातारवणर दिवसको अवसर पारेर इटहरी चोकमा प्रभातफेरी गरी आपँगाछि खण्डको सडकको सौन्दयकरणका लागि छुट्याइएको स्थानमा फूल तथा छहारी दिने प्रजातिका विरुवाहरु रोपिएको हो । WhatsApp Image 2023-06-05 at 16.57.12इटहरी क्षेत्रमा विगत लामो समय देखि सरसफाई अभियान सञ्चालन गर्दै आएको बुल्स एलेभेनले वातारण दिवसका दिन वातारण स्वच्छ राख्नु पर्ने  सचेतना सहित वृक्षारोपण गरिएको क्लवका उपाध्यक्ष रामु राईले जानकारी दिए । dhankuta  (3)

इटहरीको मुख्य चोक क्षेत्रमा प्रभातफेरी गरी आपँगाछिमा १सय२० वटा फूल तथा छाहारी दिने विरुवाहरु रोपियो । किमाथांका रानी त्रिदेशीय व्यापारिक मार्गको इटहरी क्षेत्रमा फूल तथा वृक्षारोपण गरी सौन्दर्यकरण गर्नका लागि छुट्याइएको स्थानमा वृक्षारोपण गरिएको हो ।WhatsApp Image 2023-06-05 at 16.57.13 प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रममा युथ क्लव आपँगाछि, समता स्कुल इटहरी , नेपाल प्रहरी ,ट्राफिक प्रहरी ,स्थानीय सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।