धनकुटा । प्लाष्टिक जन्य प्रदुषण निर्मूल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौं भन्ने विश्वव्यापी नाराका साथ धनकुटामा बृक्षारोपण गरि विश्व वातावरण दिवस  भब्य रूपमा मनाईएको छ । 

डिभिजन वन कार्यालय धनकुटा र भिमदल गण सल्लेरी ब्यारेक धनकुटाको आयोजनामा भिमदल गण सल्लेरी ब्यारेक परिसरमा एभोकाडो, कागती, सुन्तला, अम्बा, जामुन लगायतका फलफुल, तेजपात र शौन्र्दयपरक धुपि, कलकि लगायतका फलफुलका विरुवा रोपण गरिएको छ । 

प्लाष्टिक जन्य पदार्थले सगरमाथाको शिरदेखि समुन्द्र सतहसम्मको वातावरणमा समेत असर पुर्याउने हुदा नेपाल सरकारले प्लाष्टिकको झोला, प्लास्टिकको माला निर्मुलको अभियान शुरू गरिसकेको छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । WhatsApp Image 2023-06-05 at 11.39.16

दिवसको अवसरमा डिभिजन वन कार्यलय धनकुटाका डिभिजनल वन अधिकृत भरतबाबु श्रेष्ठले शुभकामना सन्देश दिँदै स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्रण गर्नुपर्ने बताउनु भयो ।

उहाका अनुसार सबैको सहयोगले जलवायु जन्यको समस्या, हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदुषणलाई कम गर्न बृक्षारोपण आवश्यक रहेको, हरितगृह ग्याँसको उत्सर्जन कम गर्नु भनेको बनजङ्लको संरक्षण, सम्बर्दन र वन विकसमा टेवा पुर्याउने उद्देश्यले सिम्बोलिक रूपमा बृक्षारोपण गरि विश्व वातावरण दिवस मनाएका हौ ।

त्यसका लागि सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने उहाँको भनाइ छ । WhatsApp Image 2023-06-05 at 11.39.27

मानव जातिको महत्वाकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण आज चुनौती बनेको भन्दै डिभिजनल वन अकिृत श्रेष्ठले विकासलाई वातावरणमैत्री बनाउन बृक्षारोपण आवश्यक रहेकाले बृक्षारोपण गरि विश्व वातावरण दिवस मनाएको उल्लेख गर्नु भयो । WhatsApp Image 2023-06-05 at 16.32.35

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ्ग, उपप्रमुख सावित्रा राई, भिमदल गण सल्लेरी व्यारेक धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापा, सहसेनानी दिपेश बुढाथोकी, सेनानी गोरे गुरुङ्ग, शसस्त्र प्ररी वल नेपाल नम्वर ६ गुल्म हेडक्वाटर छिन्ताङ्गा प्रमुख दपि वलामी, राष्ट्रिय अनुसन्धान अधिकृत सविना राई, जिल्ला प्रहरी कार्यालयका प्रमुख, जिल्ला वन महासंघ उपभोक्ता समितिका अध्यक्ष निल बहादुर थापा, भू तथा जलाधार व्यावस्था कार्यालय धकुटाका प्रमुख सिवनन्दन यादवलगायतको उपस्थिति रहेको थियो ।