इटहरी ।  जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा सुनसरीको इटहरीमा पनि अन्तरक्रियाको आयोजना गरि मनाएको छ  ।

  नेपाल उत्पिडित जातिय मुक्ती समाज सुनसरीको आयोजनामा जातिय भेदभाव तथा छुवाछुत अन्तको घोषणा जेष्ठ २१को सान्दरभिकता बारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

 नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सह इञ्चार्ज जिवन घिमीरेको प्रमुख आतिथ्य तथा नेपाल उत्पिडित जातिय मुक्त समाज सुनसरीका अध्यक्ष दिनेश रसाइलीको अध्यक्षतामा भएको अन्तरक्रियाका सहभागीहरुले जातिय भेदभाव र छुवाछुत दण्डनिय भएका वताउदै भेदभाव र छुवाछुत गर्नेलाई कानुनी कारवाही गर्नु पर्नेमा जोड दिए ।WhatsApp Image 2023-06-04 at 17.54.45 (3)

   कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनसरी सहइञ्चार्ज लक्ष्मी गौतम , एमाले सुनसरी अध्यक्ष रेवती रमण भण्डारी , नेपाल उत्पिडित जातिय मुक्ती समाज केन्द्रीय सचिवालय सदस्य तथा सुनसरी इञ्चार्ज पार्वता बराइली लगायतले बोलेका थिए ।

   आज जातिय भेदभाव तथा छुवाछुत उन्मुलन भएको १७ वर्ष पुरा भएको अवसर पारेर देशभर विभिन्न कार्यक्रम गरि जातिय भेदभाव उन्मुलन दिवस मनाइएको छ ।