खुवासभा  । प्राकृतिक रुपमा उत्पती भएको भएपनि धार्मिक ऐतिहासिक क्षेत्र संखुवासभामा रहेको मनकामना माताको मन्दिर क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको छ । प्रचारप्रसार र व्यवस्थित भौतिक संरचनाहरु नभएका कारण पवित्र धार्मिक महत्व बोकेको भएपनि मनकामना माताको मन्दिर क्षेत्र ओझेलमा पर्दै आएको हो । 

    संखुवासभा र भोजपुरको सिमा क्षेत्रमा रहेको अरुण नदि किनारामा प्राकृतिक रुपमा माताको हातपाउ देखि लिएर चराचर जगतका अलौकिक दृष्यहरु देखिने शिलाको धार्मिक महत्व रहेको छ तर पनि प्रचारप्रसारको अभावमा संखुवासभाको मनकामना क्षेत्र ओझेलमा पर्दै आएको छ । गोरखाको मनकामना मन्दिरमा समेत संखुवासभाको मनकामना क्षेत्रबाट शिला लगेर स्थापना गरिएको मान्यता रहेको स्थानीय तथा मनकामना मन्दिर व्यवस्थापन समिति संखुवासभाका सदस्य सागर तामागं वताउछन । उनले मनकामनाको प्रचारप्रसार अभावमा ओझेलमा पर्दै आएको गुनासो गर्दै मन्दिर संरक्षण सहित भौतिक निर्माणका कार्यक्रम क्रमिक रुपमा हुन थालेको जानकारी गराए ।

पौराणीक कालमै आफै उत्पति भएको मनकामना माताको हातपाउ लगायतका अंगहरु समेत रहेको अलौकिक छाता आकारको शिलामा प्राणीको समष्टी रुप देखि लिएर पृथ्वीको प्राकृतिक नक्सा भन्न सकिने सबै चराचरहरुको समेत आकृति  देखिने पुजारी मनोज कट्टेल वताउछन । तर पनि गर्नु पर्ने जति विकास निर्माण कामहरु समेत नभएकाले यो क्षेत्र ओझेलमा परेको पुजारी कट्टेलले गुनासो गरे ।vlcsnap-2023-06-04-18h41m45s988

चिताएका कुराहरु पुरा हुने विश्वास साथै भाकल गर्ने देखि लिएर दर्शन र पुजाअर्चनाका लागि टाढाटाढा देखि पनि मानिसहरु आउने गरेको यो क्षेत्रमा खाने पानी तथा शौचालय लगायतका समस्या रहेको छ । सुनसरीको इटहरीबाट मनकामना मन्दिर क्षेत्रमा आइपुगेका डिल्ली भण्डारी यो क्षेत्रको महिमा ठुलो रहेको भएपनि शौचालय लगायतका समस्याहरुले टाढाटाढाबाट आउने भक्तजनहरुलाई समस्या हुने गरेको गुनासो गरे ।vlcsnap-2023-06-04-18h41m25s625

अरुण नदि किनारामा रहेको प्राकृति रुपमा उत्पति भएको शिलालाई त्यही स्थानमा संरक्षण गर्ने काम सुरु गरिएको छ भने माथिपटी मन्दिर रहेको छ । मन्दिर नजिकै जेष्ठनागरिकहरुका लागि आश्रम निर्माण सम्पन्न भई सकेको छ । अन्य समयमा पनि श्रद्धालु भक्तजनहरु आउने गरे पनि  ठुली एकादशीका दिन भने यहाँ विशेष धार्मिक मेला लाग्ने गरेको छ ।  मनकामना मन्दिर क्षेत्रमा सडक सुविधा राम्रो भएपनि  खानेपानी ,शौचालय व्यवस्थित वनाउन सके धार्मिक पर्यटन प्रवद्र्धनमा मनकामना क्षेत्रले कोशी प्रदेशमा ठुलो टेवा पुर्याउने देखिन्छ ।