धनकुटा । वर्षायाममा आइपर्ने बाढीजन्य विपदबाट हुनसक्ने क्षती न्युनिकरण गर्दै प्रभावितहरुलाई तत्काल खोज ,उद्धार, उपचार देखि लिएर अस्थायी बसोवास सम्मको विषय समावेश गरेर धनकुटामा विपद् प्रतिकार्य अध्यास गरिएको छ ।     नेपाली सेनाको श्री भीमदल गण सल्लेरी ब्यारेक धनकुटाको आयोजनामा मनसुनको समयमा उत्पन्न हुन सक्ने बाढी पहिरो जस्ता विपद्को समयमा फौज परिचालन पूर्व अभ्यास मनसुन ३ कार्यक्रम धनकुटामा सम्पन्न गरिएको हो ।

धनकुटाको भौगोलिक वनावटका कारण समेत वर्षायाममा पहिरो तथा बाढीको जोखिम बढी हुने गरेको छ ।  त्यसैलाई मध्यनगर गर्दै जनधनको क्षति न्युनिकरणका लागि आवश्यक सतर्कता अपनाउदै  पुर्व तयारी साथै पुर्व अभ्यास विपद प्रतिकार्य संयुक्त अभ्यास गरियो ।IMG-20230603-WA0027

तमोर नदीमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल ६ नम्बर छिन्ताङ्ग गुल्म, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको सहकार्यमा बाढीजन्य विपद व्यवस्थापनमा जोड दिदै कृतिम अभ्यास गरियो । कृतिम अभ्यासमा नदीमा फसेका मानिसहरुलाई बाहिरबाटै डोरीको सहायताले निकाल्ने , स्थानीय स्रोत साधन बोतल, केराका थाम लगायतबाट वनाइएको साधनको प्रयोग गरि निकाल्ने देखि लिएर प्रविधियुक्त जेट सम्मको सहायताले बाहिर निकाल्ने कार्यको अभ्यास गरियो ।IMG-20230603-WA0023 उद्धार गरिएका मानिसहरुलाई स्वास्थ्य उपचारको व्यवस्था , राहत वितरण , अस्थायी वसोवास सम्मको विपद् प्रतिकार्य अभ्यासमा समावेश गरिएको थियो । बाढीको समयमा आपत्कालिन अवस्थामा अपनाउनु पर्ने सर्तकता देखि लिएर बाढी पिडितको खोज उद्धार र व्यवस्थापन सम्मको कार्य विपद् प्रतिकार्य अभ्यासमा समावेश गरेर गरिएको नेपाली सेनाको भिमदल गण सल्लेरी ब्यारेकका गणपति सुमन थापाले जानकारी गराउनु भयो । IMG-20230603-WA0034

बाढी पहिरोमा परेकाहरुलाई खोज उद्धार देखि लिएर व्यवस्थापन सम्मको विषयवस्तु प्रतिकार्य अभ्यासमा समावेश गरिएको थियो । विपद प्रतिकार्य अभ्यास कार्यक्रममा नेपाली सेनाको भिमदल गणका गणपति सुमन थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भोला वाग्ले , सशस्त्र प्रहरी वल सशस्त्र प्रहरी सहायक निरीक्षक मनोज श्रेष्ठ लगायतका स्थानीयवासी ,विभिन्न संघसस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।