इटहरी । कोशी प्रदेशको केन्द्रविन्दुका रुपमा रहेको इटहरीमा पुर्वी नेपालमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरी सुविधा सम्पन्न होटल व्यवसायहरु सञ्चालनमा रहेका छन । तिनीहरु मध्येमा पनि आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाईमा पर्दै आएको होटल इनटुरिष्ट प्यालेसले एक कार्यक्रमका विच आफनो चौथो वार्षिकोत्सव मनाएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ६ संगित चोकमा रहेको होटल इनटुष्टि प्यालेसले सञ्चालनको चार वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको अवसर पारेर बार्षिकोत्सव मनाएको हो ।
उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष भीमबहादुर पौडेलको प्रमुख आतिथ्यमा बार्षिक मनाइएको बार्षिकोत्सवमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिदै आएको होटल इनटुरिष्ट प्यालेसका प्रवन्ध निर्देशक मिसन पराजुलीले वताए । उनले तारे होटलको सुविधा आफुहरुले ग्राहकहरुलाई प्रदान गर्दै आएको वताउदै होटलमा एसी सहितका २३ वटा कोठाहरू रुम,सेमिनार हलको सहितको सुविधा रहेको जानकारी दिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली उद्योग वाणिज्य संघ इटहरीका उपाध्यक्ष विष्णु नारायण डाँगी, सविना शोभा कोईराला होटल ब्यवसायी संघका कार्यवाहक अध्यक्ष जयप्रसाद उपाध्याय लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















