काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो १० वर्षमा नेपालबाट १० हजार मेगावाट जलविद्युत् किन्ने घोषणा गरेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा उनका समकक्षी मोदीले ‘लङ टर्म पावर एग्रिमेन्ट’अन्तर्गत १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका हुन् ।

अहिले भारतले नेपालबाट ४५० मेगावाट बिजुली किनिरहेको जानकारी पनि उनले दिए ।