संखुवासभा । हेलिकप्टर दुर्घटनाका घाइतेलाई सदरमुकाम खाँदबारी ल्याइँदै छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखामा हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा जम्मा पाँचजना घाइते भएका छन्। २ जना गम्भीर घाइते रहेको बताइएको छ ।
अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो। अरूण नदी नजिककै हेलिकप्टर दुर्घटना भएको र उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।




















