इटहरी । सरसफाई तथा विभिन्न सामाजिक कार्यमा इटहरी क्षेत्रमा सक्रिय रहदै आएको बुल्स ऐलेभेन क्लव र युथ क्लव आँपगाछिको संयुक्त आयोजनामा आँपगाछिमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

   अस्पताल सम्म जान नसक्ने असक्त तथा जेष्ठनागरिक लगायतलाई लक्षित गरी बुल्स ऐलेभेन क्लव र युथ क्लव आँपगाछिले वेदान्त अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर आयोजना गरेका हुन ।WhatsApp Image 2023-05-04 at 18.03.24

  इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रतन कार्कीको प्रमुख आतिथ्यमा भएको स्वास्थ्य शिविरमा २ सय जना वढीले सुगर ,पेसर,आँखा जाँच लगायतको परिक्षण गरेको र औषधी आवश्यक हुने विरामीहरुलाई औषधी समेत निशुल्क वितरण गरिएको बुल्स ऐलेभेनका उपाध्यक्ष रामु राईले जानकारी दिए । कार्यक्रममा युवा क्लव आँपगाछीका अध्यक्ष  खेम राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।