सुनसरी । सुख्खा पहिरो खसेका कारण अरुण नदी थुनिएको छ । ९ सय मेगावाटको निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजना निर्माणस्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर अरुण नदी थुनिएको हो ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिव कार्कीका भनाइ अनुसार अरुण नदि थुनिएको स्थानमा २६ मिटर भन्दा बढी पानी जमेको छ । अबको केही घण्टामा थुनिएको ड्यामको माथिबाट पानी बग्ने प्राविधिकलाई बताए ।भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण तेसो्र जलविद्युत आयोजनाको ड्राइभर्सन टनेलको मुखमा आइतबार बिहान सुक्खा पहिरो खसेको थियो । सुख्खा निरन्तर खसिरहेको पहिरोक कारण अरुण तेस्रोको ड्याम साइडको काम रोकिएको छ ।




















